नेपाली वैज्ञानिक भण्डारीलाई अन्तर्राष्ट्रिय अवार्ड
वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
अस्ट्रेलियाको क्वीन्सल्यान्ड विश्वविद्यालयमा कार्यरत प्रोफेसर भेष भण्डारीलाई फलफूल पकाउन प्रयोग गरिने पाउडर उत्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै अन्तर्राष्ट्रिय स्तरको “एक्सीलेन्स इन ड्राइङ अवार्ड” प्रदान गरिएको छ ।
चीनको झियामेनमा हालै आयोजित खाद्य प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा प्रोफेसर भण्डारीलाई उद्योग र कृषिमा ड्राईङसम्बन्धी फ्रान्सेली संघ (अफ्सीया) को संयोजनमा स्थापित सो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । यो अवार्ड प्रत्येक चार वर्षमा कृषि क्षेत्रमा उत्कृष्ट अनुसन्धानको कार्य गर्ने एकजना वैज्ञानिकलाई प्रदान गरिने प्रोफेसर भण्डारीले बताउनुभयो ।
क्वीन्सल्यान्ड विश्वविद्यालयका अनुसार प्रोफेसर भण्डारीले आविष्कार गरेको नयाँ प्रविधिले फलफूल पकाउन प्रयोग हुने परम्परागत इथाइलीन ग्यासलाई धुलो (पाउडर) मा रूपान्तरण गर्न सक्छ । यो प्रविधिको विकासले बजारमा फलफूल पुर्याउनु अघि सुरक्षित, प्रभावकारी र सहजरूपमा त्यसलाई पकाउन मद्दत गर्नेछ ।
विगतमा बगैंचाबाट फलफूल टिपेर बजारसम्म पुर्याउनेक्रममा सिलिन्डरमा राखिने इथाइलीन ग्यासको प्रयोग गर्ने गरिन्थ्यो । इथाइलीन ग्यासका सिलिन्डर बिस्फोट हुने खतरा विगतमा रहने गरेकामा अब त्यस्तो ग्यासलाई पाउडरमा रूपान्तरण गरिएको छ, प्रोफेसर भण्डारीले भन्नुभएको छ ।
प्रोफेसर भण्डारीले आविष्कार गरेको नयाँ पाउडर केरा, आँप, घिउफल (एभोकाडो) र गोलभेडाजस्ता फलफूलमा छर्किएर निश्चित तापक्रम र आद्रता कायम गर्नासाथ त्यो ग्यासमा पुनः रूपान्तरण भई फलफूल पकाउन थाल्छ ।
“सिलिन्डरमा राखिएको ग्यास महङ्गो, चलाउन कठिन र असुरक्षित हुने गरेको थियो,” प्रोफेसर भण्डारीले भन्नुभएको छ, “यी बेफाइदा हटाउने प्रयासस्वरूप हामीले पाउडर बनाउने प्रयास थाल्यौं र अहिले सफल भएका छौं । अब यसको व्यावसायिक उत्पादन चाँडै हुनेछ ।”
प्रोफेसर भण्डारीको अनुसन्धानको कार्यमा क्वीन्सल्यान्ड विश्वविद्यालयमै विद्यावारिधि अध्ययनरत बीन होले सहयोग गरेको विश्वविद्यालयले जनाएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete