Friday, October 5, 2012

लागु पदार्थ एक, समस्या अनेक

लागु पदार्थ एक, समस्या अनेक

— प्रो. राजेन्द्र अमात्य

फिट्नेस प्वाइन्ट ट्रेडिङ

वर्ष ९, अंक २७ (२०६९ असोज १९ गते शुक्रबार)
           हाम्रो ऐतिहासिक नगर कीर्तिपुरमा शिक्षा, फाइनान्स, सहकारी, बैंक, ब्यूटि पार्लर अत्याधिक विकास भैरहेको छ । यो एक हिसाबले राम्रो मान्नु पर्छ । जसले मानिसहरुलाई रोजगारीको अवसर प्राप्त हुन्छ । साथै, भट्टी पसल, रेष्टुरेण्टहरुको पनि तीव्ररुपमा बढ्दै गइरहेको देखिन्छ । यस्ता भट्टी तथा रेष्टुरेन्टहरुमा विभिन्न परिकारको खानेकुरा सँगसँगै विभिन्न नामको रक्सी अनिवार्य राखिएको हुन्छ ।
    जाँडरक्सी अन्य महँगा ड्रग्स भन्दा डर लाग्दो मादक पदार्थ हो । जाँडरक्सी, वियर तथा अन्य लागुपदार्थ सेवन गर्नेहरुको रगतमा यूरिक एसिडको स्तरमा बृद्धि भई गठिया रोगले ग्रसित भई हात र खुट्टाका औंला सुन्निने, दुख्ने हुन्छ । लामो समयसम्म लागुपदार्थ सेवन ग¥यो भने यौनाङ्गमा शिथिल्ता उत्पन्न भई यौन सम्बन्ध कायम राख्न अक्षम हुन्छ ।
    ब्लड प्रेसरबाट ग्रसितले बढी जाँडरक्सी सेवन गरे मुटुको धडकन बढ्ने, मुटुमा बोसो जम्मा भई रगत जमेर रक्तसञ्चारमा अवरोध पुग्ने हुँदा हृदयघाट भएर मृत्यु सम्म हुन सक्छ । रक्सीको असर रक्तसञ्चारद्वारा दिमागमा पुगेपछि मानिसको स्मरणशक्ति कमजोर भई रिस बढ्ने, विचार, व्यवहार, आदिमा अकस्मात असन्तुलत हुँदै जान्छ । जसका कारण अनैतिक यौनसम्बन्ध चोरी, तथा बलात्कार जस्तो यौनहिँसाको घटना हुने गर्दछ । जाँड रक्सी पनि एक ड्रग्स हो, यसको अनियन्त्रित प्रयोगले भोलिपल्ट टाउको दुख्ने समस्या बढी हुन्छ । के कति र कस्तो खालको रक्सी पिएको छ सोही, अनुरुप नै सामान्य, गम्भीर वा अति भयानक किसिमको टाउको दुख्ने हुन्छ । रक्सीकै कारण समाजमा मानिसको स्वास्थ्यमा डायविटिज हुनु, अम्लपित्त बढेर ग्याष्ट्रिक हुँदै अल्सर हुने गर्दछ । अधिक मात्रामा रक्सी सेवन गरे दिमागमा क्षति पुगेर सोचाइमा कमजोर हुने, शरीरको सम्पूर्ण नशाहरु झमझमाउने, हात काम्ने, हिँड्दा खुट्टा लर्बराउने, अलि बल प्रयोग गर्नुपर्ने कामहरु गर्न नसकिने आदि हुने हुन्छ ।
    जाँड–रक्सी आदि खाएको भोलिपल्ट टाउकाको पछाडिको भागमा दुख्ने गर्दछ । गाँजा–अफिम, चरेस–स्म्याक, तबदभितक(ष्लवभअतष्यलक, आदि कडा खालका लागु पदार्थको दुव्र्यसनमा लाग्नेहरु यसको पुनःप्रयोग गर्न नपाउँदा मुख सुक्न, रिङ्गटा लाग्ने, अधिक मात्रामा टाउको दुख्ने, उकुसमुकुस हुन पागल जस्तो आदि हुनाका साथै अन्य समस्याबाट समेट पीडित हुन पुग्छन् ।
    व्यवसाय गर्नु सबैको नैतिक अधिकार हो । तर व्यवसायको नाममा अरुलाई हानि नोक्सान पुर्याउनु अपराध हो । खाने मान्छेलाई जुँगाले छेक्दैन यो सबैलाई थाहा छ । तर खुवाउने मान्छेको बुद्धि–विवेक, विचार सकारात्मक हुनु जरुरी छ । जसको बुद्धि, विवेक र विचार सकारात्मक छ, उसले अरुको स्वास्थ्य प्रति ख्याल राख्न सकिन्छ ।
    जाँड–रक्सी लगायत अन्य लागु पदार्थ सेवन गर्नेलाई कुलत भन्ने भाषा प्रयोग गरिन्छ । यस्ता कुलतमा लाग्ने मान्छेले कसैको भलो हुने काम गर्न कठिन हुन्छ । कुलतबाट छुटकारा पाउन व्यक्ति स्वयंले संकल्प लिनुपर्दछ । सुरुमा पुनस्र्थापन केन्द्रको सहयोग लिएर छोडाउने प्रयास गरेपनि घर–परिवार, सङ्गत, आदिको प्रभाग वा कुलतमा फस्ने वातावरण पाएपछि अघिल्ला प्रयासहरु विफल हुनपुग्छन् ।
    त्यसैले यस्तो कुलतबाट व्यक्तिलाई निकास दिनको लागि समाज, घरपरिवार तथा स्वयंलाई समेत जागरुकता अभियान, चेतनाका मार्गदर्शन, परामर्श, मनोवैज्ञानिक सुझाव, व्यक्तिगत समस्याहरुको निराकरण, लागुपदार्थको बेचबिखनमा नियन्त्रण, निगरानी आदि कुराहरुमा ध्यान दिनु पर्दछ । यस्तो प्रयासबाट पनि कुलतमा लाग्ने व्यक्तिलाई नियन्त्रण गर्न नसके एउटैमात्र विकल्प थाहै नदिई कुलतबाट छुटकारा दिने प्राकृतिक हर्वलको उपचार गर्ने, गराउने गर्नुपर्दछ ।

No comments:

Post a Comment