सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
जेष्ठ नागरिक र सामाजिक सेवा
— अर्जुन महर्जन
सचिव, न्हूगु ज्येष्ठ नागरिक क्लव, पाँगा
वर्ष ९, अंक २७ (२०६९ असोज १९ गते शुक्रबार)
हाम्रो देशमा ६० जर्ष उमेर पुगेकालाई जेष्ठ नागरिकको मान्यता दिई आएको छ । समाजको संस्कार अनुसार जेठालाई सम्मान र आदर गरी आप्mना सन्ततिलाई अपार माया र ममताका साथ झर्को र दुःख नमानी असल नागरिक बनाउन आफूसक्षम भएको अवस्थामा मिहिनत र परिश्रम गरी सन्ततिहरु हुर्काउँदै उमेर पुगेकाहरु जेष्ठ नागरिक हुन् । आफूहरु सक्षम भएको बेलामा वस्तिमा रमाइलो गर्न चाडपर्व आदि सु–संस्कृति मिलाई, बस्ती विकासको लागि, शिक्षालय, बाटो घाटो, पाटीपौवा, देवल चोक, इनार, पोखरी, धारा, आदिको व्यवस्थित रुपमा स्थापना निर्माण र सुधार गरी जीवन यापन सहज बनाउन, समाजको विकास गर्ने पथप्रदर्शकहरु हाल उमेर पुगेका जेष्ठ नागरिक हुन् ।
यसरी भविष्यका कर्णधारहरुको लागि र आफू पाको हुँदाको बखत सरल र सहज जीवनयापन गर्नका लागि, आफूहरु सक्षम भएका बखत समाज सुधारमा योगदान गर्ने हाम्रा जेष्ठ नागरिकहरुलाई चिनौं र जानौं ।
पहिलेको चलनअनुसार जेठाबाठालाई मानमर्यादा गरी वहाँहरुको कुरालाई मनन् गरी उपलब्ध सिमित साधन मितव्ययिताका साथ उपभोग गरि जीवन निर्वाह गर्ने बेला थियो । परिवारको सशक्त ब्यक्तिले धन आर्जन गर्ने र गृहणीहरुले आवश्यकता अनुसार घर व्यवहार चलाउने गर्दथे । यसरी घर व्यवहार चलाई जीवनयापन भैरहेको बेलामा आफ्ना छोरा, नाती, बुहारी सवै सन्ततिबाट सम्मान पाई जीवनयापन गर्न पाइरहेका थिए ।
समयको परिवर्तन र शिक्षा र विज्ञानको परिवर्तनले हरेक क्षेत्रमा आविष्कार र उत्पादन बढ्दै आए, सजिलो र राम्रो साधन उपलब्ध हुँदा सवैलाई उपभोग गर्न मन लाग्यो । जति सुलभ साधनहरु प्रयोग र उपभोग गर्नतिर लाग्यो, त्यसै अनुसारको आय आर्जन पनि बढाउनुपर्ने हुदैँ आयो । साधारण तरिकाको आयले घर व्यवहारलाई नपुग्ने भयो । घर व्यवहारमा लाग्ने र हेरचाह गर्नेहरु पनि आय आर्जन गर्नतिर लाग्नुपर्ने हुन आएबाट घरमा बस्ने जेष्ठ नागरिकहरुको रेखदेख र स्याहारसंभारमा कमी हुँदै आए । आफ्नै देशमा रोजगारी हुँदासम्म त साधारण रेखदेख र व्यवस्था मिलाउन सक्ने भैरहेको थियो । अव आएर अध्ययन र रोजगारीको लागि विदेशमा जानुपर्ने हुँदै आयो । त्यँहाको अध्ययन र रोजगारीले परिवारको सशक्त व्यक्तिहरु विदेशमै रहनु बस्नुपर्ने भएबाट हाल आएर जेष्ठ नागरिकहरुको रेखदेख र पालनपोषणमा झनझन कठिनाई हुँदै आइरहेको छ ।
ज्ञान, सीप र अनुभवका खानी, समाजका पथप्रदर्शक, प्रेरणाका स्रोत, समाजको विकास क्रमलाई आजको अवस्थामा पुर्याउने हिजोका सक्षम व्यक्तिहरु नै उमेर पुग्दै आएर आजको जेष्ठ नागरिक भएकाहरु हुन् । यस्ता जेष्ठ नागरिकहरुको योगदानलाई कदर गरी सम्मान पूर्वक सहज जीवनयापन हुने व्यवस्था र सामाजिक सुरक्षा प्रदान गर्नको लागि समाजसेवीहरुले पहल गर्नुपर्ने हुन आएको छ ।
समाजको विकासले हुन आएको रहनसहनको परिवर्तनले जेष्ठ नागरिकहरुको जीवनयापनलाई विचार गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाटै रेखदेख गर्नुपर्ने महशुस हुन आएबाट स्थानीय तौरतरिकाबाट असहाय कल्याण जस्ता कार्यक्रम सञ्चालन गर्नेहरुसमेतको पहलमा सन् १९८२ मा भिएनामा भएको बृद्ध सम्बन्धि विश्व सम्मेलनले जेष्ठ नागरिक सम्बन्धि कार्य योजना पारित गरी सन् १९९१ मा बृद्धहरुको सम्बन्धमा संयुक्त राष्ट्रसंघीय सिद्धान्त समेत लागू गरियो र यसलाई जागरुक बनाउन सन् १९९९ मा अन्तर्राष्ट्रिय बृद्ध वर्ष मनाइयो ।
नेपालमा पहिले पहिले असहाय केन्द्रको रुपमा कोही नभएका असहायलाई संरक्षण दिने गरी सेवा गर्दै आइरहेका थिए । यस्तैमा सरकारकै तर्पmबाट जेष्ठ नागरिकहरुलाई कदर गरी २०५१ सालमा ७५ वर्ष उमेर पुगेकालाई र ६० वर्ष पुगेका असहाय बृद्धहरुलाई आर्थिक सहयोग दिने व्यवस्था भयो ।
जेष्ठ नागरिकहरुको सीप, ज्ञान र अनुभवलाई राज्यले देश विकासमा लगाउनका लागि २०५८ सालमा एउटा कार्यनीति तर्जुमा गरिएको थियो । यसै सिलसिलामा २०६३ मा जेष्ठ नागरिक ऐन र २०६५ मा नियमको व्यवस्था भएको थियो । जसअनुसार सार्वजनिक सवारी साधन, सामजिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा र सुविधा प्रदान गर्नुपर्ने सवैको कर्तव्य हुने व्यवस्था गरेको छ । स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ५० प्रतिशत सहुलियत दिनुपर्ने, यातायातका भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने, आफ्नो हैसियत अनुसार परिवारले पालनपोषण गर्नुपर्ने, इच्छाविपरित अलग राख्न र बस्न बाध्य गराउन नहुने, आफ्नो चल अचल सम्पत्ति आफू खुशी गर्न पाउने, जस्ता धेरै व्यवस्था गरिएको छ । यसलाई कार्यान्वयन गर्न, हेरविचार, स्याहारसम्भार र सामाजिक सुरक्षाको ब्यवस्था गर्न राज्यले केन्द्रीय जेष्ठ नागरिक कल्याण समिति र जिल्ला जेष्ठ नागरिक कल्याण समिति गठन गर्ने प्रावधान राखेको छ । यस्तो हुँदा हुँदै पनि हाम्रा जेष्ठ नागरिकहरुले आफ्नै परिवारबाट अपहेलित र अपमानित भई सार्वजनिक स्थलमा समेत दुव्र्यवहार भोग्नुपरेको छ । परिवार र जनसाधारणले सार्वजनिक स्थलमा समेत जेष्ठ नागरिकहरुलाई गर्नुपर्ने व्यवहार सम्बन्धि सजगता र सचेतता ल्याउन नसकेको कारणले यस्तो भैरहेको हुनुपर्दछ ।
जेष्ठ नागरिक भनेपछि असक्तताले छोइसकेका कमजोरी मानिसहरु हुन्छन्, कही कतै भएको हक अधिकार प्राप्त गर्न पनि अरुको सहयोगकै आवश्यकता पर्ने हुन्छ । तसर्थ वहाँहरुको अधिकार संरक्षण र सम्बद्र्धन गर्न कुनै संघसंस्थाकै आवश्यक हुन आउँछ । हालसम्म विभिन्न संघ संस्थाले प्रदान गर्दै आइरहेका सुविधालाई पनि जानकारी र असमर्थताका कारण उपभोग गर्न सकेका छैनन् ।
समाजसेवा गर्ने सामाजिक कार्यकर्ताको सक्रिताबाट केही व्यवस्था गर्न सकेमात्र यस तर्फ सुधार हुन आउने देखिन्छ ।
जेष्ठ नागरिक पनि तीन किसिमका हुन्छन् । ६०–७० बर्षका केही साहसी र शक्तिवान हुन्छन् । ७१–८० वर्षसम्मका आफूलाई चाहिने सम्म केही गर्ने स्वावलम्ब हुन सक्छन् । ८१ बर्षभन्दा माथिका प्रायः असक्त र असमर्थ हुन्छन् । पूरै अरुको सहयोगमा भर पर्नुपर्ने हुन्छ ।
जेष्ठ नागरिकहरुको जीवनस्तर सुधार्न हाल सम्म वृद्ध सेवा समाज, जेष्ठ नागरिक क्लव, राष्ट्रिय जेष्ठ नागरिक महासंघ, आदि गठन भई केही कार्य हुँदै आइरहेको देखिन्छ । ता पनि अबको परिवारको बनौट, एकल परिवारमा बस्ने प्रवृति भएका, सन्तति पनि रोजगारीले गर्दा टाढा हुनुपरेको र अहिले जसरी हुन्छ आय आर्जनतिर लाग्ने जनमनोबृतिले गर्दा यसतर्पm सुधार हुन कठिन हुदैं आइरहेको छ ।
जेष्ठ नागरिकको लागि परिवारमा बस्नु जतिको सुविधा अन्यन्त्र हुन गाह्रो छ । महात्मा गान्धीलाई एक बृद्धाश्रम उद्घाटनको लागि निमन्त्रणा गर्दा ‘मलाई बृद्धाश्रममा होइन, जेष्ठ नागरिकलाई परिवारमा राख्ने ब्यवस्था गर्नको लागि बोलाउनु’ भनेर निमन्त्रणा इन्कार गरेका थिए । यस्तो भन्दा भन्दै पनि हाल आएर जेष्ठ नागरिकको लागि दिवासेवा र आवास समेतको सरल र सहज जीवनयापनको व्यवस्था हुनुपर्ने जरुरी भैसकेको छ । अब यसतर्पm लाग्ने सामाजिक संघसंस्थाहरुले विचार पु¥याएर कदम चाल्नुपर्ने हुन आएको छ ।
परिवार, समुदाय र सार्वजनिक स्थलहरुमा जेष्ठ नागरिकहरुप्रति गर्नुपर्ने व्यवहारको ज्ञान दिने र सचेतता जगाउने, पैसाले भन्दा व्यवहारले आनन्द दिलाउन सक्ने कुराको सबैमा बोध गराउने, जेष्ठ नागरिकहरुलाई सकभर परिवारमा बस्न वातावरण मिलाउने, हालको बेफुर्सदी अवस्थाले हेरचाह गर्न कठिन भएमा दिवा सेवा र आवासको व्यवस्था भएको, बृद्धाश्रमको व्यवस्था गर्ने र घरघरमा रेखदेख गर्ने सट्टा संस्थागत रुपमा धेरैलाई केहीले रेखदेख गर्न पुग्ने व्यवस्था मिलाउने । पुरै अशक्तको लागि बृद्धाश्रममै राख्ने व्यवस्था मिलाउने । यस्तो व्यवस्था भएमा घरघरमा कुरुवा बसी रेखदेख गर्न कठिनाई भइरहेकाको लागि, सक्दो सहयोग प्रदान गरी राख्न पाएमा धेरै राहत मिलेको अनुभूति हुनेछ । जेष्ठ नागरिकहरुलाई पनि करले एक्लो बस्नुको सट्टा समूहमा बस्न पाउँनु रमाइलो भएको महसुस गर्नेछन् भन्ने लाग्दछ ।
यसरी राम्रो व्यवस्था गरी राख्न र बसाउनेतर्फ ध्यान दिनुपर्ने कुराको ज्ञान नयाँ पीढिलाई जानकारी गराउनुपर्ने हुन आएकोछ । जेष्ठ नागरिक बोझ ठान्ने बाबुले बाजेलाई डोकोमा राखी फाल्न लान लाग्दा नातीले बाबुलाईपछि फाल्न लानको लागि डोको चाहिन्छ फर्काई ल्याउनुस् भन्दा चेतना आएझैं आजका नयाँ पीढिलाई आफू सक्षम भएका बखत हालका जेष्ठ नागरिकहरुलाई राम्रो व्यवस्था गर्न सके समाजमा राम्रो हुने र भोलि आफूले पनि उपभोग गर्न पाउने कुराको बोध गराउनुपर्ने हुन आएको छ ।
जेष्ठ नागरिकहरुको हकहित संरक्षण र सम्बद्र्धन गर्नको लागि नयाँ पुस्तामा आदर, मर्यादा, शिष्टाचार र उत्तरदायित्वको भावना सृजना गराउनेतर्पmपनि लागौं। अनिमात्र जेष्ठ नागरिकहरुले सन्तति र समुदायबाट सार्थक सम्मान पाउनेछन् । तसर्थ आजका जेष्ठ नागरिकहरुलाई स–सम्मान सहज र सरल जीवनयापन गर्न सक्ने वातावरण तयार गर्नतिर हामी सबै लागौं । जय जेष्ठ नागरिक सेवा ।

No comments:
Post a Comment