Friday, October 5, 2012

चितुवाले चिथोर्यो

चितुवाले चिथोर्यो

घाइते विन्दु कार्की र चितुवा आक्रमण पश्चात् लागेको चोट (दायाँ)

वर्ष ९, अंक २७ (२०६९ असोज १९ गते शुक्रबार)
            कीर्तिपुर नपा वडा नं. १३ र १४ क्षेत्रमा चितुवा रहेको कुरा चलिरहेको बेला १३ गते शनिबार कीनपा वडा नं.११ निवासी विन्दु कार्की चोभारस्थित आफ्नै मकै बारीमा काम गरिरहेको बेला चितुवाले आक्रमण गरेको छ ।
    साँझ ४ बजे कार्कीलाई पछाडिबाट टाउको माथि झम्टिइ घाइते बनाएको हो । झम्टिनु अधि कराएको सुन्दा बाघ भएको हुन सक्ने वहाँ बताउनुहुन्छ ।
    आसपासमा रहेका चिच्याई चिच्याई नकराएको भए अप्रिय घटना हुन सक्ने बताउँछन् प्रत्यक्षदर्शी साथै घाइते  आफैले ।
    नीजलाई तत्काल टेकुस्थित शुक्र सरुवारोग अस्पताल पुर्याई औषधोपचारपछि त्यही दिन घर फर्केकी छिन् । नीजको टाउकोमा ५ वटा टाका लगाएको छ । ६४ वर्षीय विन्दु कार्कीको अवस्था अहिले सामान्य छ ।

No comments:

Post a Comment