राराहिलमा स्वास्थ्य सेवा तथा मूर्ति तथा चित्र कला युनिट स्थापना
![]() |
प्रमुख अतिथि रीवन काटी उद्घाटन गर्दै |
वर्ष ९, अंक २७ (२०६९ असोज १९ गते शुक्रबार)
कीर्तिपुर क्षेत्रबाट शहादत प्राप्त गर्नुभएका वीर सहिदहरु राजमान, राजेन्द्र, हिराकाजी र लनबहादुर (राराहिल) नाममा स्थापना गरिएको राराहिल ममोरियल स्कुलमा स्वास्थ्य सेवा र मूर्तिकला तथा चित्रकला युनिटको स्थापना गरेको छ ।
सो युनिटको शनिबार एक विशेष समारोहबीच प्रमुख अतिथि शिक्षा मन्त्री दिनानाथ शर्माबाट पानसमा बत्ती बाली र रीवन काटी उद्घाटन गर्नुभयो भने स्वास्थ्य, मूर्ति तथा चित्रकलाको उद्घाटन इटालियन नागरिक फाउस्टो डी इन्टफेनीले रीवन काटी गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि शर्माले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकोले राराहिलको स्वास्थ्य, मूर्ति र चित्रकला जस्ता प्राविधिक विकास युनिट स्थापनाको प्रशंसा गर्नुभयो । वहाँले प्राविधिक शिक्षालयको विकास र स्तरवृद्धिको लागि सरकारको तर्फबाट सहयोग गर्ने नीति अनुसार सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसक्रममा वहाँले विद्यालय निरन्तर सहयोग प्रदान गर्दै आइरहनु भएका इटालियन नागरिक फाउस्टो, सिमोन्टा, सान्द्रा र अन्य इटालियनहरुलाई प्रशंसापत्र, मायाको चिनो प्रदान गर्नुभयो । त्यसैगरी वहाँले निर्माण कमिटीका साथीहरु, सहिद परिवारलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय स्थापन समितिका अध्यक्ष सूर्जवज्र बज्राचार्यले विद्यालय शैक्षिक प्रगतिमा कीर्तिपुरबासीको आकर्षण केन्द्र बनिसकेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक नारायण महर्जनले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभयो । भवन निर्माण कमिटीका अध्यक्ष दिलबहादुर महर्जनले राराहिल भवन निर्माणमा ५ करोड खर्च भैसकेको बताउनु भयो । कार्यक्रममा इटालियन नागरिक सान्द्रा, सिमोनटोले पनि विद्यालयको निर्माण, शैक्षिक गुणात्मक स्तरबृद्धि बारे प्रगतिको सन्तोष व्यक्त गर्नुभयो ।
कार्यक्रममा राराहिल शैक्षिक गुठीका प्रमुख तुल्सीदास महर्जनको सभापतित्वमा भएको थियो भने स्वागत विद्यालयका निर्देशक जगत बहादुर महर्जनले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका भाइबहिनीहरुको सांस्कृतिक प्रस्तुत गरेको थियो ।

No comments:
Post a Comment