Friday, May 17, 2013

वरिष्ठ पत्रकार घोषणा

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

वरिष्ठ पत्रकार घोषणा

    पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशील भई देश र जनता पक्षमा महत्वपूर्ण योगदान पु¥याउनु भएका तीन जना पत्रकारलाई नेपाल सरकारले वरिष्ठ पत्रकार सम्मान २०६९ घोषणा गरेका छन् ।
    घोषित वरिष्ठ पत्रकारहरुमा गोपाल बुढाथोकी, ओखलढुङ्गा, देव प्रकाश त्रिपाठी, धाडिङ्ग र नुनिन्द्र दुलाल (नरेन्द जङ पिटर) बाँकेलाई जनही २ लाख राशी सहित सम्मान गरिने भएको छ ।
       यो सम्मान नेपाल सरकारले २०६६ सालदेखि दिन थालिएको हो ।
    त्यसैगरी पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउने मोफसलका महिलाद्वारा संचालित एफएम रेडियोलाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०६९ बाट पुरस्कृत गर्ने पनि निर्णय गरिएको छ ।
    पुरस्कृत हुने एफएममा महिला समानताका लागि संचार अभियान–रेडियोमुक्ति ९५.५ मेगाहर्ज बुटवल र नारी उत्थान समाज–रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज, पर्वतलाई दिने भएको छ ।
    सोमबार सूचना तथा संचार मन्त्रालयको कार्य कक्षमा सूचना विभागद्वारा आयोजित प्रवक्त पत्रकार भेटघाटमा सूचना मन्त्रालयका प्रवक्ता नारायण प्रसाद सन्जेलले प्रगति विवरण पेस गर्ने क्रममा सो जानकारी दिनु भएको हो ।

No comments:

Post a Comment