वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
निगमको जहाज मुस्ताङ्गमा दुर्घटना
पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको जहाज बिहीबार बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको थियो । विमान अवतरणका क्रममा रन वे भन्दा बाहिर गएपछि अनियन्त्रित भएर विमान कालीगण्डकीको किनारमा खसेको थियो ।
चालक दलका तीन सदस्य पाइलट डी प्रधान, को–पाइलट सुरेश केसी र एयर होस्टेज एसएम तामाङसहित ११ नेपाली र ८ जापानी यात्रु रहेको विमान दुर्घटना हुँदा पाँच जना गम्भिर घाइेत भएका छन् भने अन्यको अवस्था सामान्य रहेको छ । गम्भिर पाँच जनालाई थप उपचाकालागि तारा एयरको विमानबाट पोखरा ल्याइएको छ ।
दुर्घटनामा स्थल नजिकै रहेको नेपाली सेनाले उद्दार गरेको थियो ।

No comments:
Post a Comment