Friday, May 17, 2013

साझाको नाफा साढे ६ लाख

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

साझाको नाफा साढे ६ लाख

    काठमाडौं । बाह्र वर्षपछि पुनःसञ्चालित साझा बसले एक महिनामा साढे ६ लाख नाफा कमाएको छ । यस अवधिमा ३८ लाख २६ हजार १ सय ५६ रुपैयाँको टिकट बिक्री भएकोमा कर्मचारीको तलबभत्ता र तेल खर्च कटाएर ६ लाख ५६ हजार ७ सय ८ रुपैयाँ नाफा कमाएको साझा बस व्यवस्थापन समितिले जनाएको छ ।
    राजधानीबासीले साझा बसलाई माया गरेकोले नै साझा यातायातले सफलता पाएको यातायातका प्रबन्धकले बताए । २०७० वैशाख १ देखि नियमित सेवा दिन थालेको साझाले एक महिनामा २ लाख ६८ हजार ५ सय ८२ जनालाई सेवा प्रदान गरेको छ । साझाको रुट विस्तार गर्न यात्रुबाट माग आएपनि हाल त्यस्तो योजना नरहेको पाण्डेले जनाए ।
    हाल उपत्यकाका दुई रुटमा १६ बस सञ्चालन गर्दै आएको यातायातले कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ बानेश्वर, सिनामंगल हुँदै एयरपोर्ट एउटा रुट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ्ग अस्पताल, महाराजगन्ज हुँदै नयाँ बसपार्क (गोंगबु) अर्को रुट तय गरिएको छ । साझा बसले यात्रुका लागि १५, १७ र २० रुपैयाँ भाडादर तोकेको छ ।
    साझाले विद्यार्थी, अपाङ्ग र वृद्धवृद्धालाई १० रुपैयाँ भाडामा यात्रा गराउँदै आएको छ ।

No comments:

Post a Comment