Friday, May 17, 2013

कार्कीको विपक्षमा कारण देखाउ आदेश

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

कार्कीको विपक्षमा कारण देखाउ आदेश

    काठमाडौं । पूर्वमुख्यसचिव लोकमान सिँह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा गरिएको नियुक्ति बदर गर्न दायर निवेदनमा बुधबार सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
    अधिवक्ता ओमप्रकाश अर्यालले बैशाख २९ गते दायर गर्नुभएको निवेदनमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीस रामकुमार प्रसाद साहको एकल इजलासले राष्ट्रपतिको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, आयोग र प्रमुख आयुक्त कार्कीका नाममा सो आदेश जारी गरिएको हो ।
    सो इजलासले विपक्षीहरुको रायसमेत आएपछि अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषय जेठ १२ गते संयुक्त इजलासमा सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ ।
    अधिवक्ता अर्यालले संवैधानिक परिषद्को निर्णयबमोजिम उच्च नैतिक चरित्र नभएको आरोप लागेका पूर्वमुख्यसचिव कार्कीलाई आयोग प्रमुखमा नियुक्ति दिने, शपथ गराउने र जिम्मेवारी दिनेजस्ता काम आफ्नो निवेदनको टुङ्गो नलागेसम्म नगर्न/नगराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गर्नुभएको थियो ।

No comments:

Post a Comment