Friday, May 17, 2013

ललितपुरमा मच्छेन्द्रनाथ जात्रा सुरु

वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)

ललितपुरमा मच्छेन्द्रनाथ जात्रा सुरु

    ललितपुर । उपत्यकामा सबैभन्दा लामो जात्राको रुपमा प्रख्यात ललितपुरको रातो मच्छेन्द्र नाथ (करुणामय) जात्रा बैशाख ३० गतेबाट सुरु भयो ।
    बैशाख २६ गते पुल्चोकमा निर्मित रथमा रोथारोहणपछि जात्रा सुरु भएको मानिन्छ ।
    ३० गते सोमबार पुल्चोकबाट तानेर रथलाई गाःबहाल पुर्याएको थियो । जुन टोलमा रथ पुगिन्छ त्यहाँको स्थानीय जात्राको रुपमा मनाइने यो जात्रा ३१ गते मंगलबजार पुर्याएको भने २ गते सुन्धारा पुर्याइएको थियो ।
    हजारौं जना भक्तजनहरुको सहभागीता रहेको सो रथ सयौं जनाले तान्ने गर्दछ ।
    रथ बालकुमारी पुगेपछि नरिवल खसाल्ने गरिन्छ । जसलाई नेवारी भाषाबाट ‘मुज्य’ दिनको रुपमा लिइन्छ ।
त्यसपछि बालुकुमारीबाट साइट जुराइ आइमाइले (स्वास्नी मानिस) मात्र रथ तानी कसाई टोलमा पुर्याईन्छ र त्यहाँबाट जावलाखेलमा पुर्याएको ४ दिन पछि भोटो जात्रा गरी लामो जात्राको समाप्त हुनेछ ।

No comments:

Post a Comment