वर्ष १०, अंक ७ (२०७० जेठ ३ गते शुक्रबार प्रकाशित)
विदेशी चलखेल विदेशमै गुहार
नेपाल सिक्किमिकरण फिजीकरण हुने भयो भनेर राजनैतिक र आम नागरिक बीच चिन्ता बढेको छ । सरकार बाहिर बसेर राजनैतिक नेतृत्वले असमान सन्धी लगायत विदेशी चलखेलको धेरै विरोध हुने गर्दथ्यो । जब सत्तारोहण हुन्छ विदेशीसँग प्रगाढ सम्बन्ध रहेको बखान गर्छ ।
अहिले सत्ता भित्रमा रहेर मात्र होइन सत्ता बाहिर बसेर पनि विदेशी चलखेलको विरोध होइन नेतृत्व वर्गले विदेशमै हार गुहार गर्न थालेका छन् ।
विदेशी प्रभुको निर्देशनमा प्रधानन्यायाधिस मन्त्रि मण्डलको अध्यक्ष बनाउन सफल भएपछि माओवादी अध्यक्ष प्रचण्डको चीन र भारत भ्रमण सम्पन्न गरेको छ । व्यक्तिगत होइन राष्ट्रिय भ्रमणको संज्ञा दिँदै गरेको भ्रमण कति सफल कति असफल, केका लागि सफल, केका लागि असफल चर्चाको विषय बनी समाजमा प्रश्न तेस्रिरहेका छन् ।
आर्थिक विकासको लागि विदेशी साझेदारी भनिएपनि संविधानसभा विघटनको पाप पखाल्न विदेश गुहारेको स्पष्ट छ भने आगामी निर्वाचनमा पनि भलै मेरो पार्टीलाई प्रचण्ड बहुमतको अभिलाषा पनि होला ।
प्रश्न प्रचण्डकै बोलीमा चीनको चाहना जातीय राज्यतिर नलाग्न सल्लाह र भारतको चाहना पनि जातीय नहुने भए भाषागत आधारमा राज्य पुनःसंरचना गरेर भएपनि जाने सल्लाह दिएको अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षमा व्यक्त गरेको सबैले सुनेको देखेको विषय नै भयो । अब भ्रमण गर्ने पालो एमालेका अध्यक्ष झलनाथ खनालको छ । उहाँको भ्रमणमा के–कस्तो कुरा हुने, किन भ्रमण पछि खुल्दै जाला प्रतिक्षा गर्नुपर्ला ? तर झलनाथको भ्रमण पनि संविधानसभाको विघटनको पाप मुक्त गर्न र आगामी निर्वाचनमा आफ्नो पोल्टामा पार्न हार गुहार भन्दा फरक हुनेछैन ।
स्वदेशमा संविधानसभाको हत्यारा, संवैधानिक निकायको शुन्यतामा पुर्याउने, जनविरोधी, जनआन्दोलनताका प्रतिगामी भूमिका खेल्ने, रायमाझी आयोगले दोषी ठहराइएका, अख्तियारले भ्रष्टाचार भनी कुनैपनि सार्वजनिक संस्थामा अयोग्य ठहरेका लोकमान सिं कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने, चार दल, अझ आदिवासी जनजातिको आँखामा देशका गद्दार रुपमा नाङ्गिसकेका छन् ।
यी चार दल विदेशी चलखेल विरुद्ध आम नागरिकलाई हात्तिको देखाउने दाँत जस्तै मात्र सिद्ध भइरहेको छ भने नयाँ असली लेन्डुप दोर्जे बन्ने होडमा रहेको प्रष्ट हुँदै गइरहेको छ ।
विदेशी भ्रमण नेपाल र नेपालीको हितको नाममा स्वार्थीले भरिएको विदेश गुहार भनेमा कतिपनि फरक पर्दैन ।

No comments:
Post a Comment