Friday, June 14, 2013

कीर्तिपुरबाट ९१.४७ प्रतिशत अर्थात् ७६२ जना उत्तीर्ण

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

कीर्तिपुरबाट ९१.४७ प्रतिशत अर्थात् ७६२ जना उत्तीर्ण

एसएलसी परीक्षा २०६९ मा कीर्तिपुरको स्थिति

    प्रवेशिका परीक्षा २०६९ मा कीर्तिपुरमा कीर्तिपुर नगर क्षेत्रभित्रका निजी विद्यालय, सामुदायिक, सार्वजनिक शैक्षिक गुठी अन्तर्गत कुल ७६२ जना परीक्षार्थी ९१.४७ प्रतिशत उत्तीर्ण हुन सफल भएको छ ।
    जसमा विशिष्ट श्रेणीमा १८८ जना, प्रथम श्रेणीमा ४५३ जना, द्वितीय श्रेणीमा १११ र तृतीय श्रेणीमा १ जना रहेको छ ।

    कीर्तिपुर नपा वडा नं. ५ स्थित पुष्पसदन आमाविका  विद्यार्थी विशाल पोखरेल र लेवोरेटरी उमाविका रोशन अर्याल दुवैले ७३९ अर्थात् ९२.३८ प्रतिशत प्राप्त गरी दक्षिण भेगमै सर्वोत्कृष्ट हुन सफल भएको छ ।
     विद्यालयका प्रिन्सिपल, सह प्रिन्सिपल र शिक्षकको फोन सम्पर्कमा संकलन गरेको नतिजा अनुसार सामुदायिक विद्यालयबाट २४० जना परीक्षा दिएकोमा १७५ जना उत्तीर्ण भएका छन् । जसमा ५ जना विशिष्ट, ८३ जना प्रथम, ८४ जना द्वितीय, १ जना तृतीय र २ जना स्थागित छन् भने ६५ जना अनुत्तीर्ण भएका छन् ।
     त्यसैगरी प्याब्सन अन्तर्गतका निजी विद्यालयमा ४२३ जना मध्ये ४२१ जना उत्तीर्ण भएका छन् । जसमा विशिष्ट श्रेणीमा १४२, प्रथम २५३, द्वितीयमा १९ जना, स्थगन ७ जना रहेका छन् । त्यसैगरी पेट्सान अन्तर्गत १७० जनामा १६६ जना उत्तीर्ण भएका छन् । जसमा ४१ जना विशिष्ट, ११७ जना प्रथम, ८ जना द्वितीय रहेका छन् ।
     सामुदायिक विद्यालय अन्तर्गत आदिनाथबाट १ र मंगल उमाविबाट ४ जना गरी ५ जना परीक्षार्थीले विशिष्ट श्रेणीमा उत्तीर्ण गर्न सफल भएको छ ।
    मंगल उमाविका छात्र श्याम तामाङ्गले ६८४.९६(८५.६२%) प्राप्त गरी सामुदायिक विद्यालयतर्फ उत्कृष्ट भएको छ ।
    त्यसैगरी पाँगा माविका उज्ज्वल प्रसाद खनालले ७३२ (९१.५%) सार्वजनिक शैक्षिक गुठीतर्फ उत्कृष्ट भएको छ । 

 

पुष्पसदनका विशाल पोखरेल र लेवोरेटरीका रोशन अर्याल उत्कृष्ट


विशाल पोखरेल (९२.३८%)
रोशन अर्याल (९२.३८%)












 



            
      कीर्तिपुर नगरपालिका ढल्पास्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयका छात्र विशाल पोखरेल र लेवोरेटरी उच्च माविका छात्र रोशन अर्याल काठमाडौंको दक्षिण भेगमै सर्वोत्कृष्ट भएका छन् । वहाँहरु दुवैले ९२.३८ प्रतिशत अर्थात् ७३९ अंक ल्याउन सफल भएका छन् ।

No comments:

Post a Comment