वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर नपामा सतर्कता केन्द्रको पत्र
कीर्तिपुर नगरपालिका वडा नं. १ देखि १९ सम्मका वडा सचिवहरु कार्यालयमा बस्ने नगरेको विकास निर्माणको कार्यमा धेरै वर्षदेखि एउटै व्यक्तिलाई ठेक्का दिने गरेको र नपाको डोजर प्रयोग नगरी वर्ष भरी नै तेल खर्च देखाउने गरेको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेपछि जेठ १३ गते कीर्तिपुर नपालाई एक पत्र पठाई राम्रो कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।
सोमबार सूचना तथा संचार मन्त्रालयमा आयोजित प्रवक्ता पत्रकार भेटघाटमा राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता कृष्ण प्रसाद पौड्यालले केन्द्रको कार्य विवरण प्रस्तुतिमा बताउनु भएको हो ।
सतर्कता केन्द्रले नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुलाई तोकिएको समयसम्म कार्यालय काम गर्ने/गराउने व्यवस्थामा कडारुपमा अनुगमन गर्ने, विकास बजेट खर्च गर्दा प्रचलित कानुन बमोजिम गर्ने/गराउने र डोजरको प्रयोगमा तेल खर्च गर्दा लग बुक राखी पारदर्शी बनाउन निर्देशन दिएको छ ।
निर्देशन अनुसार कार्यान्वयन भए/नभएको सतर्कता केन्द्र सतर्क रहेको र यदि पुरानै प्रवृति दोहोरिएमा कानुन बमोजि कारवाहीको सिफारिस हुने प्रवक्ता पौड्यालले बताउनु भयो ।
प्राविधिक र घर धनीबीच आपसी समन्वयमा नक्सा पास नगरी घर बनाउने सबै नगरपालिका कार्य प्रति यदि मापदण्ड विपरीत निर्माण कार्य गरेमा नगरपालिकाले भत्काउन आदेश दिन सकिने पनि प्रष्ट पार्नुभयो ।
केन्द्रले काभ्रे जिल्लाको धुलिखेलको टुँडिखेलदेखि भट्टेडाँडा हुँदै काभ्रे भन्ज्याङ्गसम्मको बाटो निर्माण कार्य र धुलिखेल जग्गा एकीकरण आयोजना वापत सम्बन्धित उपभोक्ता समितिले लगेको पेश्की रकम कार्य सम्पन्न पछि पनि फछ्यौट नभएकोले फछ्यौट हुन बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न धुलिखेल नपालाई जेठ १२ गते निर्देशन दिएको पनि पत्रकार भेटघाटमा प्रवक्ता पौड्यालले बताउनुभयो ।
सतर्कताले नेपाल टेलिकम पावर विभाग छाउनीमा कार्यरत प्राविधिक अधिकृत मञ्जुरत्न शाही कार्यालयमा हाजिर भई कार्यालयमा नबस्ने गरेकोले तोकिएको समयसम्म कार्यालयमा रही कार्य गर्न जेठ ९ गते नेपाल टेलिकम भद्रकाली प्लाजालाई निर्देशन दिएको छ ।

No comments:
Post a Comment