Thursday, June 13, 2013

कीर्तिपुरमा राष्ट्रपति आउने

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

कीर्तिपुरमा राष्ट्रपति आउने

    नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव आज मंगल उच्च माध्यामिक विद्यालयको स्वर्ण जयन्ती (५० वर्ष) मूल समारोह कार्यक्रममा सरिक हुनु हुँदैछ ।
    आज दिउँसो ११:३० बजेदेखि हुने कार्यक्रमको अवसरमा राष्ट्रपतिले मंगलमा निर्मित नयाँ भवनको उद्घाटन गर्नुहुनेछ भने मंगल स्मारिका पुस्तकको विमोचन पनि गर्नुहुनेछ ।
    कीर्तिपुर क्षेत्रमा वि.सं. २०२० सालमा स्थापना भएको मंगल मावि मंगल उच्च मावि हुँदै मंगल बहुमुखी क्याम्पसको रुपमा विकसित भैसकेको छ ।
    ‘शिक्षा जीवनको ज्योति हो’ भन्ने मूल नाराका साथ स्थापित शैक्षिक संस्थाको रुपमा अगाडि बढिसकेको छ । शिक्षामा पुर्याएको योगदानको कारण पटक–पटक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुन सफल यस मंगल उच्च माविमा हाल +२ मा मानविकी, व्यवस्थापन, शिक्षा संकायको पठनपाठन भैरहेका छन् भने स्नातकका कक्षा पनि संचालन गरिरहेको छ ।
राष्ट्रपतिले बाघभैरव दर्शन गर्ने
    कीर्तिपुर । श्रीश्रीश्री आराध्यदेव बाघभैरव मन्दिरको राष्ट्रपति डा. रामवरण यादवले आज दर्शन गर्ने कार्यक्रम रहेको बाघभैरव जात्रा व्यवस्थापन समितिले जानकारी दिनुभयो ।

No comments:

Post a Comment