वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर चर्चमा अख्तियार
![]() |
कीर्तिपुर ढल्पास्थित कीर्तिपुर चर्च |
काठमाडौं जिल्ला कीनपा वडा नं. १६ स्थित ढल्पा कित्ता नं. २१६, २१७ र २१८ को १० आना जग्गा चर्चको नाममा रहने गरी खरिद गरिएकोमा व्यक्तिको नाममा दर्ता गरेकोले जिल्ला प्रशासन कार्यालय काठमार्डौंले ७ दिनभित्र कार्यालयमा हाजिर हुन आदेश दिएको छ ।
चर्च सदस्यहरुको हस्ताक्षरसहित पहल गरिदिन हुन समाजमा निवदेन परेपछि कीर्तिपुर ख्रिष्टियन समाजको अगुवाईमा २०७०।१।२९ गते (द.नं. १८५९२) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको आधारमा जि.प्र.का.ले सो आदेश दिएको हो ।
जिप्रकाले तत्कालीन चर्चका बोर्ड सदस्यहरु धर्म माली, सूर्यकुमार श्रेष्ठ, गणेशमान महर्जन, कृष्णभक्त महर्जन र मणी कोइरालालाई लिखित प्रतिक्रिया सहित हाजिर हुन २८ गते पत्र काटेको हो ।
स्मरणीय छ, सो जग्गा १४–१५ वर्ष अधि नै चर्चका सदस्यहरु अन्य आर्थिक सहयोगदाताहरुबाट चन्दा संकलन गरी खरिद गरिएको सो चर्चमा प्रत्येक शनिबार प्राथना कार्यक्रम हुँदै आइरहेको छ ।
पाँचजना व्यक्तिको नाममा दर्ता रहेको सो जग्गा चर्च संस्थाको नाममा दर्ता गर्न नमानेपछि संस्थाको नाममा दर्ता गर्नुपर्ने मागसहित अख्तियारमा ख्रिष्टियन समाजले उजुरी हालेको सहिदलाई जानकारी दिनुभयो ।

No comments:
Post a Comment