Thursday, June 13, 2013

रक्त सम्मेलन सुरु

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

रक्त सम्मेलन सुरु

    काठमाडौं । ब्लड डोनर्स एसोसियशन नेपाल (ब्लोदान) को आयोजनामा प्रथम राष्ट्रिय रक्त सम्मेलन  ३० गते बिहीबारबाट काठमाडांैमा सुरु भएको छ । विश्व रक्तदाता दिवस २०१० को अवसरमा “रक्तदान गरौं, जीवन उपहार दिऊँ” भन्ने मूल नाराका साथ सो सम्मेलनको उद्घाटन उपराष्ट्रपति परमानन्द झाबाट पानसमा दीप प्रज्ज्वल गरी गरिएको थियो ।
    सम्मेलनमा स्वदेशी तथा विदेशी अतिथि ब्लोदान जिल्ला शाखाका र विभिन्न सामाजिक संघ संस्थाबाट ३०० जनाको सहभागिता रहेको सम्मेलनबाट प्रथम राष्ट्रिय  सम्मेलन २०७० घोषणा पत्र जारी गर्दै आज सकिँदै छ ।
    रगतको अभावले कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस्, मानवीय सेवालाई सार्थक बनाउन प्रतिवद्ध ब्लोदानले आफ्नो सम्मेलनको तयारीबारे मंगलबार होटल मनास्लु काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनामा गरियो ।
    कार्यक्रममा संस्थाका महासचिव ई.सानुबाबु प्रजापतिले स्वागत गर्दै प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । कार्यक्रममा  संस्थाका अध्यक्ष महेन्द्रविलास जोशीले कार्यक्रमबारे जानकारी दिनु हँदै रगत निःशुल्क हुनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा bloodmembers.org.com को वेभसाइट ब्लड दोनर्स फेडरेसन इन्डियाका महासचिव अपूर्व घोषले उद्घाटन गर्नु भएको थियो भने वेभसाइटको व्यवस्था गर्नुहुने डिजिटल एजेन्सी काठमाडौंका डाइरेक्टर प्रमित श्रेष्ठले वेभसाइटको प्रक्रियाको जानकारी दिनुभयो ।
    कार्यक्रममा पत्रकारहरुद्वारा राखिएको जिज्ञासाको संस्थाका अध्यक्षले स्पष्ट पार्नुभएको थियो ।

No comments:

Post a Comment