वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
शैक्षिक प्रदर्शनी सम्पन्न
कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा भएको ९ औं शैक्षिक मेला तथा परामर्श कार्यक्रम शनिबार नगरमण्डप श्रीकीर्ति विहारमा सम्पन्न भयो ।
काठमाडौं र ललितपुरका १७ वटा कलेजहरुको स्टल रहेको सो शैक्षिक मेलामा एक हजार भन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।
प्रा.डा. शिवशरण महर्जनको प्रमुख आतिथ्यमा पेट्सान नेपालका अध्यक्ष रमेशमान महर्जन र प्रमुख अतिथिले संयुक्त रुपमा रिवन काटी उद्घाटन गरिएको थियो । सो मेलामा प्रमुख अतिथि डा. शिवशरण महर्जनले एसएलसी जाँच दिएर बसेका विद्यार्थीलाई राम्रो कलेज छनौट र राम्रो विषय छनौट कार्यमा समाजले सजिलो बनाएको छ भन्नुभयो ।
अतिथि पेट्सानका अध्यक्ष रमेशमान महर्जनले विद्यार्थीहरुमा उच्च शिक्षा कहाँ के, पढ्ने अन्योललाई यो कार्यक्रमले सजिलो बनाएको भन्नुभयो ।
कार्यक्रम समाजका अध्यक्ष प्रज्ज्वलमान प्रधानको सभापतित्वमा भएको थियो । “उचित शिक्षालय छनौट विद्यार्थीको अधिकार” भन्ने मूल नारालाई साकार पार्न कीर्तिपुर स्वयंसेवक समाजले विगत आठ वर्षदेखि एस.एल.सी तथा दश जोड दुई परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई लक्षित प्रदर्शनी तथा परामर्श कार्यक्रम गर्दै आइरहेको छ ।
समापन कार्यक्रममा समाजका अध्यक्ष प्रज्जवलमान प्रधानले र निवर्तमान अध्यक्ष निलेश नकर्मीले सहभागी शैक्षिक संस्थाहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । समाजका सचिव एवं कार्यक्रमका संयोजक सरलगोपाल महर्जनले स्वयंसेवकहरुलाई प्रमाणपत्र वितरणका साथै सहयोगी सबैलाई धन्यवाद दिनुभएको थियो र प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘कीर्तिपुर स्वयंसेवक छात्रवृति’ जनसेवा उच्च मावि कक्षा ११ मा अध्ययनरत छात्र रोजेन महर्जनलाई वि.सं. २०६८ सालको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ८६.०५% प्राप्त गरेकोले प्रदान गरिएको हो ।

No comments:
Post a Comment