Thursday, June 13, 2013

एसएलसी उत्तीर्णलाई बधाई

वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)

एसएलसी उत्तीर्णलाई बधाई

    प्रवेशिका परीक्षा २०६९ को नतिजा मंगलबार सार्वजनिक गरियो । सर्वप्रथम उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई हार्दिक बधाई छ ।
    उत्तीर्ण गराउन सफल विद्यालय, शिक्षक र अभिभावकलाई पनि हार्दिक बधाई छ ।
    १० वर्षसम्म विद्यालयको एउटै कोठामा रहेर अध्ययन गरेर एक वर्ष १० कक्षाको परीक्षा दिएपछि विद्यालय जीवन अन्त्य हुने गर्दछ ।
    सफल विद्यार्थीको लागि उच्च शिक्षा हासिल गर्न नया“ ढोका खुल्ला भएको छ । अब उच्च शिक्षा कुन विषय पढ्ने भन्नेबारे अन्यौलमा विद्यार्थीहरु रहनु स्वभाविक छ ।
    शिक्षा हासिल गर्नु कुनैपनि विषय सानो हुने गर्दैन र हरेक बिषयको महत्व गहन छ । त्यसैले विद्यार्थी भाइबहिनीहरुले उच्च शिक्षाको बिषय छनौट गर्दा आप्mनो अध्ययन क्षमताले दिए अनुसार विषय छनौट गर्दा राम्रो हुनेछ ।
    समय आउँछ पर्खिंदैन भने जस्तै उच्च शिक्षा अध्ययन गर्दा सुरुमा देखासिकीमा आप्mनो क्षमता भन्दा बाहिर गई अध्ययन गर्दा असफल भएपछि पछि पछुताउनुपर्ने हुन सक्दछ । त्यसैले समयमै उचित बिषय छान्ने र त्यसलाई राम्रो मिहेनत गरी अध्ययन गरी भोलि दक्ष बिशेषज्ञ बन्ने इच्छा र मनोकाँक्षा राख्नु जरुरी छ ।
    अभिभावक आ–आफ्नो छोरा/छोरी भविष्यमा राम्रो होस् भन्ने चाहना राख्नु स्वभाविक हो । त्यो चाहना पुरा गर्न अभिभावक आफै विषय छनौटप्रति कति जागरुक छन् त्यसमा पनि भर पर्दछ । अभिभावकले पनि आफ्ना नानीहरुको चाहना र क्षमता शक्तिको आधार भन्दा बाहिर गएर विषय रोज्न बाध्य गर्नु हुँदैन ।
    को विद्यार्थी कुन स्तरको छ भन्ने मूल्याड्ढन विद्यालयबाट मात्र गर्न सक्दछ त्यसैले बिषय छनौटको मार्गदर्शन विद्यालयले दिँदा राम्रो हुने देख्दछु । खयर उत्तीर्ण विद्यार्थीहरुले उच्च शिक्षामा पनि सफलता प्राप्त गर्न सकोस् भनी शुभकामनाका साथ पुनः बधाई छ ।

No comments:

Post a Comment