Friday, January 18, 2013

युवा विद्यार्थी जाग – मूल्यवृद्धि रोक

वर्ष ९ अंक २३ (२०६८ भाद्र २२ गते शुक्रबार प्रकाशित)

युवा विद्यार्थी जाग – मूल्यवृद्धि रोक

    मूल्यवृद्धिको विरोधमा युवा–विद्यार्थी फेरि जागेका छन् । नेपाल सरकारले पेट्रोलियम पदार्थमा आइतकार राती अचानक मूल्यवृद्धि गरेपछि सबैतिरबाट विरोध गर्न थालेका छन् ।
    युवा विद्यार्थीले भाद्र २४ गते उपत्यका बन्द समेत घोषणा गरेका छन् । हरेक आन्दोलन अग्रभागमा रही युवा विद्यार्थीको योगदान अविस्मरणीय छ । विगतमा पनि युवा विद्यार्थीको आन्दालेनले मूल्यवृद्धि फिर्ता गरेको या केही घटाएको इतिहास छ ।
    यस पछिको आन्दोलनबाट पनि वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता गराउन सफलतामा पुग्न जरुरी छ । मूल्यवृद्धिसँगै उपभोग्य वस्तुको मूल्य बढाइसकेको छ भने यातायातको भाडामा पनि १५ प्रतिशतले वृद्धि गर्न सरकारसँग माग गरिसकेको छ । नेपाली जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धिको विरोधमा युवा विद्यार्थीको आन्दोलनमा सबै नेपाली जनताले साथ दिनुपर्दछ । युवा विद्यार्थी जागेमा मूल्यवृद्धि फिर्ता लिने पक्का छन् तर पुरा फिर्ता नलिएसम्म आन्दोलनलाई सवै युवा विद्यार्थीले चालू राख्नुपर्दछ ।
    तर युवा विद्यार्थीबीच पनि आंशिक सफलता र सरकारको झुटा आश्वासनमा फसेर बीचैमा टुङ्ग्याउने जुन प्रविति छ त्यो कार्य बन्द गर्नुपर्दछ ।
    सरकारवादी युवा विद्यार्थी पनि आन्दोलित छन् संयुक्त रुपले । युवा विद्यार्थीले नेपालको भविष्य सोच्नै पर्दछ ।

No comments:

Post a Comment