Friday, January 18, 2013

वीपी, रामराजा र नेपालबन्द

वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार प्रकाशित)

वीपी, रामराजा र नेपालबन्द

    सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा ९ युवा विद्यार्थीद्वारा उपत्यका बन्द र नेपाल बन्द सम्मको घोषणा गरे ।
    भाद्र १७ गते राती नेपाल सरकारको नेतृत्व गर्नुहुने प्रम भट्टराईको स्वीकृतिमा गरिएको मूल्य वृद्धि विरुद्ध पहिलो चरण विभिन्न कार्यक्रम सहित २७ गते सम्पन्न भयो ।
    २४ गते उपत्यका बन्द गर्ने गरी तय गरेको आन्दोलन स्नातकोत्तर परीक्षा र वीपी जयन्ती परेकाले स्थगन गरी भाद्र २७ गते  नेपाल बन्दको कार्यक्रम तय गरियो । २७ गतेको नेपाल बन्दलाई प्रभावित पार्न सरकारले एक तर्फि ग्याँस र मट्टितेलमा विद्यार्थीहरुलाई मात्र सस्तो गर्ने घोषणा गरे भने गणतन्त्रवादी नेता नवजनवादी पार्टीका अध्यक्ष रामराजा प्रसाद सिंह को मृत्युको कारण विद्यार्थीविचको तालमेलमा १२ घण्टेको नेपाल बन्दलाई १२ बजेसम्म भन्दै पछि १० बजे नै फिर्ता लियो ।
     पहिलो चरणको उपत्यका बन्दको दिन तय गर्दा वीपी जयन्तीको दिन थाहा नहुनु तरुण दल र नेविसंघका नेतालाई के शब्द पोखौं ?
    जनतावीच कार्यक्रमको सम्प्रेषण भइसकेको पछि कुनै हालतमा फिर्ता गर्नुहुदैन । यदि फिर्ता गर्ने हो भने २४ घण्टा अगाडि सूचना प्रवाह गर्नु पर्दछ । २७ गतेको बन्द खासै बन्द रहेन । पसल खुलेकै छ भने सार्बजनिक यातायात वाहेक अन्य सवारी साधन पातलो भएपनि चलेकै थियो । खासै बन्दको प्रभाव त विद्यालय र कलेजमा मात्र भयो ।
    नयाँ तरिकाको बन्द विहान ६–१० सम्मको बन्दले पनि विद्यालय र कलेजलाई मात्र असर पारेको छ । अरु कसैमा प्रभाव परेको छैन । यस्तो बन्दले के शिक्षा दिन्छ नेपाली जनतालाई ? नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गराउन सशक्त दवाव दिनै पर्दछ । समयले मागेमा लगातार बन्द गर्नु पनि पछि पर्नु हुंदैन ।

No comments:

Post a Comment