Friday, January 18, 2013

दण्डित हुनुपर्ने पुस्कृत

वर्ष ९ अंक २५ (२०६९ असोज ५ गते शुक्रबार प्रकाशित)

दण्डित हुनुपर्ने पुस्कृत

    मान्छे बाँचेर त हेर । हामीले देख्न, भोग्न र गर्न धेरै बाँकी छन् ।
    राणाशासन, पंचायती शासन, राजतन्त्रात्मक बहुदलीय ब्यवस्था भन्दा पनि गणतन्त्र प्रगतिशील तन्त्र हो । त्यसैले हिजोको शासन तन्त्रमा भन्दा यो गणतन्त्रमा जनताको इच्छा, आकांक्षा जनजिविका सहज र सरल हुनेछ भन्ने आशा राख्नु स्वभाविक छ । तर सत्तामा पुगेका ब्यक्ति या नेताहरु या पार्टीहरुको वुद्धि विवेक गुमेपछि जनताको आशा निरासामा बदलिएका छन् ।
    गणतन्त्र पछि चार जना प्रधानमन्त्री फेरिए । ती सवै कम्युनिष्ट पार्टी नामधारीका नै थिए । प्रचण्ड, माधव, झलनाथ र बाबुराम तिनीहरुको शासन सत्ताको व्यवहारले कम्युनिष्ट पार्टीका शीर्ष नेता भन्न पनि आज जनतालाई लाज लागिसकेकोछ ।
    बहुसंख्यक कामदार जनताको लागि एउटा पनि राम्रो काम गर्न सकेन । संविधानसभा त विवाद भयो । समय गुज्रियो । अवसान गरायो । कमसेकम आफू सत्तामा रहँदा नराम्रो काम नगरेपनि जनता चुप लाग्दथ्यो होला । तर राम्रो भन्दै जनविरोधी मात्र काम थाले । खानेपानी, फोहर मैला व्यस्थापन, शिक्षा बिजुली त सुविधा दिएन नै । दण्डीत हुनुपर्ने व्यक्तिहरुलाई नै प्रमोशन गरी अझ बदनामी कमाए यो सरकारले ।
    जनयुद्धमा बेपत्ता पार्ने व्यक्ति, सहिद बनाउने हत्याराको आरोपित कुवेरसिंह राणालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ प्रम बाबुरामले ।
    बेपत्ता परिवार, सहिद परिवारले खवरदारी गर्दा गर्दै, आत्मवेदना पोख्दा पोख्दै पनि दण्डित व्यक्ति पुरस्कृत भएपछि नेपालीको मन रुनु स्वभाविक छ । जो व्यक्तिलाई कारवही गरी थुन्नुपर्ने थियो त्यसैको प्रमोशन हुनु दुःखद हो ।
    यो पूँजीवादी गणतन्त्रको एउटा नाङ्गो रुपमात्र हो भन्ने हामीलाई लागेका छ ।

No comments:

Post a Comment