वर्ष ९ अंक २० (२०६९ भाद्र १ गते शुक्रबार प्रकाशित)
राजनीतिक भ्रष्टाचारीलाई बाँकी नराख !
नेपाल सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले नै धनी मुलुकमा पर्दछ ।
नेपालका राजनेताहरु इमान्दार र नैतिकवान बनेको भए नेपाल विश्वकै सुन्दर
देश बन्नेमा दुविधा छैन । पंचायती कालरात्रीमा निर्दलीय निरकुंश शासन थियो ।
त्यसबेलाको भ्रष्टाचार सामन्तका नाइकेको आसेपासेले गर्दथे । मोजमस्ती
तिनिहरुकै थियो । बहुदल आइसकेपछि भ्रष्टाचारले झन सीमा नाघ्यो । भ्रष्टाचार
र अन्याय अत्याचारको विरुद्ध लडेका दलका नेताहरुबाटै खुलम खुल्ला
भ्रष्टाचार गरी अकुट सम्पत्ति जोडे । राजनीतिक भ्रष्टाचार मौलाएको देशमा
सर्वोच्चमा २०६३ सालमा दर्ता भएका ३ दर्जन भन्दा बढी भ्रष्टाचारको मुद्दा
छिनोफानोको पर्खाइमा छन् ।
सर्वोच्चले अहिलेसम्म भ्रष्टाचारी ठहर
गरेका तीन जना मन्त्री मध्ये बहालवाला मन्त्री सूचना तथा संचारमन्त्री जय
प्रकाश गुप्तालाई समेत भ्रष्टाचारी ठहर गर्दै जेल जीवन विताइरहेका छन् ।
नेपाली जनताको मिहिनेत र पसिनाको मूल्यबाट तिरेको करबाट संचित
सम्पत्तिमाथि आफ्नै बाउबाजेको सम्पत्तिझैं ठानेर मनपरी गर्ने जो कोहीलाई
पनि छिटो भन्दा छिटो फैसला गरी कारवाही अगाडि बढाउनु पर्दछ ।
सत्ताधारी पार्टीहरुका मन्त्रीहरुको सम्पत्ति वास्तविक छानविन गरेमा कोही
पनि अपराधबाट मुक्त हुन सक्दैन । ३ दर्जन भन्दा बदी भ्रष्टाचारीको मुद्दा
छिनोफानो बेलैमा गर्न सकेमा कमसेकम उच्च तहमा रहेका लगायत भ्रष्टाचार गर्न
हत्तोत्साही हुने छन् ।
No comments:
Post a Comment