वर्ष ९ अंक १९ (२०६९ साउन २६ गते शुक्रबार प्रकाशित)
छोरीमैया र नेपाल सरकार
नेपाल सरकारको प्रमुख दायित्व देशको सार्वभौमिकता रक्षा गर्नु र नेपाल राष्ट्रको पहिचान बनाउने नेपाली जनताको सुरक्षा दिनु हो ।
तर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझैं जुन सरकार आएपनि जनताको भएन ।
देशको सार्वभौमिकता एक एक पाइला गर्दै गुमिरहेका छन् । अझ देशको एक
सम्वेदनशील केन्द्र मध्येका त्रिभुवन विमानस्थल समेत अर्को राष्ट्रलाई
व्यवस्थापनको जिम्मा दिएर राष्ट्रघाटी काम गर्न पनि पछि नपरेको घाम जतिकै
छर्लङ्ग छ । देश नै बेच्न खोज्ने बहुदलदेखि गणतन्त्रसम्मका सरकारले
नेपालीको सूरक्षा कसरी गर्ला ?
धेरै पानी बगिसके बागमतिमा, धेरै
मान्छे बेपत्ता र अकालमै मुत्यु भइसकेका छन् देशमा । पछिल्लो घटना छोरीमैया
महर्जन बेपत्ता भएको ६ महिना भैसक्यो तै पनि सरकारले खोजी दिनसकेको छैन ।
यस खोजमा वास्ता गरेको छैन । विभिन्न चरणमा दवाव दिएपनि सरकार कानमा तेल
हालेर बसेका छन् । आजबाटै छोरीमैया खोज दवाव समूहको आयोजनामा सरकारलाई थप
दवाव दिन बसन्तपुर दवलीमा रिले अनसन बस्दैछ । सरकारले कमसेकम कि त लास कि त
सास दिने जिम्मा तुरुन्त लिनुपर्दछ ।
खानेपानी समस्या र धमिलो पानी
खानेपानीमा त्राही त्राही काठमाडौं राजधानी र उपत्यका मेलम्ची भन्दा भन्दै तिर्खा मेटाउन बाध्य छन् ।
अर्बौं लगानी गरेर वर्षौं सम्म बित्दा पनि मेलम्ची पानी “आकाशको फल
आ“खातरी मर” झैं भैरहेको छ । पहिले र अहिले चलि आएका आ–आफ्नै क्षत्रेका
पानी मुहानको समस्या र वितरण प्रणालीमा अझै समस्या नै छन् ।
काठमाडौंको दक्षिणतिर कीर्तिपुर क्षेत्रमा पानीको मुहान यत्र तत्र छरिएर
रहेका छन् । अहिले नौमुले, दूधपोखरी, सिम क्षेत्रमा पानी संकलन गरी या सिधै
लाइनबाट त्यस क्षेत्रमा पानी आपूर्ति भैरहेको छ तर नपुग । खानेपानी
लिमिटेडले पाइपलाइन विछ्याएपनि वितरण प्रणालीमा सन्तोषजनक छैन ।
पानी नआउने क्षेत्रका स्थानीय बासिन्दा कार्यलयमा दवाव दिएपछि केही सुधार
गर्छ र केही दिनपछि फेरि समस्या बल्झिने भैरहेको छ । काउखालीले विभिन्न
वितरण प्रणालीमा कडाका साथ मिलाउने र अत्तेर गरेका, वितरणमा बाधा पु¥याउने
जो कोहीको लाइन काट्न सक्यो भने वितरणमा सुधार आउने देखिन्छ । अहिले
बर्षातको समयमा कीर्तिपुरका जनता धमिलो पानी पिउन बाध्य भएका छन् । धमिलो
खानेपानी मुहानकै कारणले हुने भएकाले छिट्टै मुहानको निरीक्षण गरी उचित
उपाय चाल्नु जरुरी भइसकेको छ ।
No comments:
Post a Comment