Friday, December 28, 2012

जलस्रोतको धनी देशमा ५३० मे.वा. लोडसेडिङ्ग

जलस्रोतको धनी देशमा ५३० मे.वा. लोडसेडिङ्ग

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    जलस्रोतको धनी देशमा लोडसेडिङ्गको मार धेरै खप्नु पर्ने बाध्यता छ । मुलुकमा अपार जलस्रोत रहँदा रहँदै पनि विद्युुत माग अनुसार उत्पादन गरी आपूर्ति दिन सकेको छैन । स्वदेशी र विदेशी विद्युतमा लगानी गर्न चाहेरपनि उत्पादनको वातावरण बन्न नसकेको मुलुक हो नेपाल । सरकार लोडसेडिङ्ग न्यूनिकरण योजना, २०६८ बमोजिम आ.व. २०७२/०७३ को अन्तसम्म विद्यमान लोडसेडिङ्ग पूर्णरुपमा अन्त्य गर्ने फुस्रो कार्यक्रम हरेक वर्ष भटभट्याउन थाकेको छैन ।
    मुलुकमा २०६९ जेठ २० गते सम्मको विद्युत माग र आपूर्ति अवस्था हेर्दा सरकार जनमुखी नभएको प्रष्ट हुन्छ ।
    नेपालमा नेपाल विद्युत प्राधिकरणको उत्पादन २०७ मेगावाट, निजी क्षेत्रको उत्पादन ११८ मेगावाट, भारतबाट आयात भएको ११४ मेगावाटबाट गरेर जम्मा आपूर्ति ४३९ मेगावाट छ भने विद्युतको उच्च माग ९६९ मेगावाट छ । ५३० मेगावाट आपूर्ति गर्न नसकी लोडसेडिङ्ग बर्षेनी भैरहेको छ ।
    यो तथ्याङ्क उर्जा मन्त्रालयका सहायक प्रवक्ताले पुस ९ गते पत्रकार भेटघाटमा व्यक्त गर्नुभएको हो ।

No comments:

Post a Comment