Friday, December 28, 2012

नेकाका असन्तुष्टले जनजाति पार्टी खोल्ने !

नेकाका असन्तुष्टले जनजाति पार्टी खोल्ने !

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    दलका नेताहरूसँग असन्तुष्ट हुँदैमा अर्को दल स्थापना गर्नु सही या गलत त्यो आफ्नो ठाउँमा छ । दल स्थापना गर्न जति सजिलो हुन्छ त्यति टिकाउन र विस्तार गर्न सजिलो छैन । कहिले मन्त्री बन्न नपाउँदा कहिले नेतृत्व गर्न नपाउँदा, खोलिएका दलले जतिसुकै धाक र धक्क देखाएपनि त्यो दल स्थिर राख्न कम्ता गार्हो छैन । असन्तोष हुनेबित्तिकै पार्टी छोड्ने, पार्टी विभाजन गर्ने र अर्काे नयाँ दल खोल्ने कारणले नै सानो देश नेपालमा धेरै पार्टी खोलिए र झण्डै चार दर्जन जति दलले संविधान सभाको निर्वाचनमा भाग लिए । एमालेभित्र असन्तोषकै कारण हालै अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी स्थापना भयो । पार्टी गठनको क्रममा असन्तुष्ट जनजाति नेताहरूले आफ्नो खोलेको पार्टीलाई देशकै सबभन्दा ठूलो बनाउने उद्घोष गरे । जनजाति नेताहरूको त्यो तृष्णा सफल होला या नहोला समयले पछि देखाउनेछ । जातीय राजनीति गर्ने एमाओवादी ठूलो दल त बन्यो, ठूलाको नाताले सरकारको नेतृत्व पायो, दल धनी भयो । तर त्योसँगै ‘जनयुद्ध’ को समयमा आमूल परिवर्तन गर्ला भन्ने आशयले पाएको प्रतिष्ठा, इज्जत पनि समयसँगै बग्यो बद्नाम भयो र अन्ततः पार्टी नै फुट्यो ।
    कम्युनिष्टको सिद्धान्त र विचार छोडेर जसरी भएपनि पार्टी ठूलो बनाउने, पैसा कमाउने र झूटको खेती गरेरै कार्यकर्ता तह लगाउने काम गरेको हुँदा एमाओवादी फेरि फुट्नु जरुरी छ । एमाओवादी अध्यक्ष दाहालमा तहल्का मच्चाउने, कार्यकर्ता तताउने गुणबाहेक अर्को देखिएको छैन । कहिले गरमागरमी कुरा गरेर रगत तताउने, कहिले मार्मिक कुरा सुनाएर भावुक बनाउने काम अध्यक्ष दाहालले गरिरहेका छन् । कार्यकर्ताहरू पनि तात्तातो कुरा सुनाएर जुरुक्क जुरुक्क उचाल्ने कुरा गरेपछि मख्ख हुन्छन् र देशमा परिवर्तन नै भएको अनुभूति गर्छन् । जनजातिको बखान गरेपछि, बखान गर्नेबित्तिकै सबै समस्या समाधान भएको ठान्ने जनजाति नेता तथा कार्यकर्ताहरू जातीय राजनीतिले देशमा हिंसा भड्कने, जातीय द्वन्द्व बढ्नेतर्फ किन चासो राख्दैनन् ?
    अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा सामेल नभएका, हुन नचाहेका नेकासित सम्बन्धित जनजातिहरू फेरि कुमार राई र पासाङ शेर्पा तथा जनजातिविज्ञ चैतन्य सुब्बाहरूको नेतृत्वमा अर्काे जनजातिसम्बन्धी दल खोल्न लागेको छ । यही पुस १५ गते अगाडि नै ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ गठन गर्ने तयारी गरिरहेको जानकारी प्रकाशमा आएको छ । पार्टीको नेतृत्व कसले गर्ने हो सोको टुङ्गो नलागेपनि नेका असन्तुष्टहरूको सो जनजाति पार्टीको भूमिका के हुने हो र त्यसलाई कसरी निरन्तरता दिने हो ? चर्चाको विषय बनेको छ । जातीय उत्पीडित नेपाली जनजातिको पक्षमा गठन हुने सो पार्टीले कुन दर्शन, विचार र सिद्धान्तलाई मार्गदर्शक बनाउने हो ? विचारणीय छ ।

– गौरव प्रधान

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete