Sunday, December 16, 2012

विष्णुदेवी मन्दिर जिर्णोद्वार अन्तिम चरणमा

विष्णुदेवी मन्दिर जिर्णोद्वार अन्तिम चरणमा

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    कीर्तिपुर पाँगा क्षेत्रको एउटा प्रसिद्ध मन्दिर विष्णुदेवी मन्दिरको जिर्णोद्वार कार्य अन्तिम चरणमा पुगेको छ ।
    पाँगाको विष्णुदेवी र बालकुमारी जात्राको लागि सम्पन्न गर्ने लक्ष्यका साथ कालिगढहरु व्यस्त छन् । माथिल्लो भाग सम्पन्न हुनासाथ तामाको छाना छाउने मात्र बाँकी रहने भएकाले कार्य द्रुतगतिमा भइरहेको छ ।
    कीर्तिपुर क्षेत्रका जनताहरुको आर्थिक भौतिक सहयोगले ठूलो योगदान रहेको सो मन्दिरको जिर्णोद्वारमा टोल टोलमा पैसा उठाउने कार्य पुरा भएको आर्थिक संकलन समितिले जनाएको छ ।
    अब सहयोग गर्न चाहनुहुने महानुभावहरुले आर्थिक संकलन समितिका सदस्यहरु दुर्कमान महर्जन दथल, प्रकाशराम महर्जन भुजिन्द, नन्दकुमारी महर्जन, नरहरी महर्जन ढोकासीलाई या विष्णुदेवी मन्दिर परिसरमा आउनु भई सहयोग गर्न सकिने समितिले जनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete