Friday, December 28, 2012

माओवाद र माओ विचारधारा फरक छ

माओवाद र माओ विचारधारा फरक छ

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    काठमाडौं, । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति काठमाडौंको आयोजनामा ११९ औं माओ त्सेतुङ जन्म जयन्ती काठमाडौंमा मनाइयो ।
    कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष नारायण महर्जनले माओ त्से तुङ्ग विचार माकर्सवाद र लेनिनवादको उपज हो भन्नुभयो । उहाँले माकर्सवाद र लेनिनवादी सिद्धान्तअनुसार आफ्नो देशमा सफल क्रान्ति गरेको स्मरण गर्दै माओले नै माओवादी होइन भनेर प्रस्ट पारेको बताउनुभयो ।
    हामी माओ त्सेतुङ विचारधाराबाट प्रेरित छौं, माओ त्सेतुङ अध्ययनशील, सहयोगी र कुशल सङ्गठनकर्ता र सही नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो, उहाँ जनताबाट एउटा धागो र सियोसमेत सिट्टैमा नलिऊ, नम्र भएर बोल, जनतालाई दुःख नदेऊ भनेर चिनियाँ जनतालाई दिएको शिक्षा विश्वकै मानवको लागि पथप्रदर्शकको रुपमा लिनुपर्दछ उहाँले भन्नुभयो। चीनमा माओको सही नेतृत्व र विचारसँग समन्वयात्मक मेल खान्छ भन्नुभयो । ढिलो या चाँडो नेपालमा सही राजनीतिको विजय हुनेछ र समाजवादी क्रान्ति हुनेछ उहाँले भन्नुभयो ।
    कार्यक्रममा जिल्ला सचिव राजवीर डंगोलले विश्वकै कम्युनिष्ट पार्टीले माओको योगदानबारे विभिन्न  कार्यक्रम गरी जन्मजयन्ती मनाइरहेको छ भन्नुभयो। नेमकिपा काठमाडौं जिल्ला सदस्य गुणदास महर्जन, वीरबहादुर डंगोल, नेक्राविसंघ काठमाडौं जिल्ला अध्यक्ष विश्वक डंगोल, नेक्रायुसंघ काठमाडौं जिल्ला अध्यक्ष श्यामकुमार महर्जन, नेक्रा सांस्कृतिक संघका अध्यक्ष हरिकुमार महर्जन, कानुन अध्ययन समाजका सचिव चन्द्रलाल श्रेष्ठ, आशालाल श्रेष्ठ, प्रतिभा श्रेष्ठलगायतले माओ त्सेतुङका योगदानबारे बोल्नुभएको थियो।
    कार्यक्रम जिल्ला अध्यक्ष नारायण महर्जनको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment