Sunday, December 16, 2012

केन्द्रीय पुस्तकालयको सोलार प्रणाली सुरू

केन्द्रीय पुस्तकालयको सोलार प्रणाली सुरू



वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    कीर्तिपुर, । कीर्तिपुरस्थित त्रिवि केन्द्रीय पुस्तकालयमा जडान गरिएको सोलार प्रणाली मंगलबारदेखि सञ्चालनमा आएको छ ।
    रू.८८ लाखको लागतमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जडान गरी दिएको सोलारलाई पुस्तकालयले सञ्चालनमा ल्याएको पुस्तकालयका लाइब्रेरियन जनार्दन ढुङ्गानाले बताउनुभयो ।
    सोलार प्रणाली सञ्चालनमा आएसँगै पुस्तकालयले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । पुस्तकालयमा गरिएको सोलार जडानले पुस्तकालयमा पुग्ने अनुसन्धाता, विद्यार्थी, शिक्षकलगायतलाई सुविधा पुगेको त्रिवि कीर्तिपुरमा अध्ययनरत विद्यार्थी रवि खनालले बताउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete