Sunday, December 16, 2012

पाँगा गढ पर्खालको लालपूर्जा दिने

पाँगा गढ पर्खालको लालपूर्जा दिने

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    पाँगा क्षेत्र गढपर्खालको नापी टोलीको नापी गरे अनुसार पाँगा क्षेत्रको कीनपा वडानं. ११ को गढपर्खालको लालपुर्जा दिने प्रक्रिया शुरु गरेको छ ।
    यस प्रक्रियालाई सहज बनाउन पाँगा क्षेत्रका नापी सहयोग समितिले लाछी नासःद्य मन्दिरमा बसी आवश्यक काजगात तयार गरिदिएको सहयोग समितिका प्रशान्त महर्जनले बताउनुभयो ।
    त्यहाँबाट तयार पारेको फिल्डबुक सहितको निवेदन वडा कार्यालयमा बुझाउने र वडाले समय मिलाएर हक दावीको सूचना टाँस गरी सर्जमिन गरिने कार्य भैरहेको छ । सर्जमिन भएपछि वडाले घर धनीलाई लालपुर्जाको लागि सिफारिस दिने कार्य भैरहेको महर्जनले बताउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete