Friday, December 28, 2012

थांवहाःविचा गुठीको अनरोध

थांवहाःविचा गुठीको अनरोध

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    कीर्तिपुर नगरपालिका वडा नं.१ थांबहाः टोलमा गत श्रावण २५ गते श्रीकृष्ण जन्माष्टमीको दिन श्री नृत्यनाथको पूजाआजा गरी शुरु गरिएको बाँसुरी बाजा, सात गाउँले जात्राको अवसर पारी पौष ५ गते श्री नृत्यनाथको धुमधान पूजाआजा गरी सम्पन्न भएको छ । उक्त बाँसुरी बाजामा केटा केटी गरी जम्मा ४७ जनाको सहभागी रहेको थियो । जसमा बाँसुरीमा जःउसी खानेमा अनिल महर्जन र खःउसीमा रिकेत महर्जन भने खिंमा जःउसी राजु श्रेष्ठ र खःउसीमा बाबुराजा महर्जन छानिएको थियो ।
    साथै थांबहाः विचाः गुठीको गएको सोमबार बसेको बैठकले समाजमा भईरहेको नकारात्मक सोचहरुलाई त्यागेर नयाँ सोचका साथ अगाडि बढ्न सबैको ध्यानाकर्षण गराएको छ । जसमा कुनै पनि घरपरिवारमा कोही दिवंगत भएमा ल्वःचा वनेगु भनेर विभिन्न नाना सामानहरु लिएर जाने परम्परालाई त्यागेर प्रत्येक दिवंगत घरमा रु.१५०/– रुपैंया राख्ने, घःसू गर्ने बेला अत्यावश्यक व्यक्तिहरुलाई मात्र बोलाई घःसू मनाउने, अनि दकिलाको अवसरमा आजभोलि विचाः हायेकःवःपिं(सम्वेदना प्रकट) गर्ने सबैलाई बोलाई धुमधामका साथ भोज बोलाउने चलनलाई निस्तेज बनाई जाने र अत्यावश्यक व्यक्तिहरुलाई मात्र दकिला भोज मनाउँदै जाने भनेर आह्वान गरिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete