Friday, January 4, 2013

माओको जीवनीमाथि टेलिसृङ्खला निर्माण सुरु

माओको जीवनीमाथि टेलिसृङ्खला निर्माण सुरु

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    बेइजिङ । विश्व सर्वहारा वर्गका महान् गुरु एवं चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व अध्यक्ष माओ त्सेतुङ्गको जीवनीमाथि टेलिसृङ्खला निर्माण सुरु भएको छ ।
    माओ त्सेतुङ्गको ११९ औं जन्मजयन्तीको अवसरमा मङ्गलबार बेइजिङ्गस्थित ग्रेटहल अफ द पिपुलमा ‘माओ त्सेतुङ्गको एक जीवनी’ नामक टेलिसृङ्खला निर्माणको घोषणा गरियो । उक्त टेलिसृङ्खला मुख्यतया माओ त्सेतुङ्गको जन्मदेखि अध्ययनको निम्ति संघर्ष, चिनियाँ अध्ययनको निम्ति संघर्ष, चिनियाँ कम्युनिष्ट पार्टीको विकास र जनगणत्नत्र चीनको स्थापनाका निम्ति उहाँको योगदानलाई प्रस्ट पार्ने बताइएको छ । एक सय सृङ्खलाको मुख्य निर्देशन काओ सिसिले गर्दैछन् भने अभिनेता होउ जीङलीन र अभिनेत्री लि कोङडान मुख्य भूमिका निर्वाह गर्दैछन् । त्यस्तै अभिनेताहरु कुओ लियानवेन, बाङ बुफुलगायतले पनि महत्वपूर्ण भूमिकामा अभिनय गर्ने बताइएको  छ । होय जिङलिनले माओ त्सेतुङ्ग, लिउ कोङडानले चाङ काई हुई, कुओले चाउएनलाई तथा वाङले चुतेहको रुपमा अभिनय गर्दैछन् ।
    उक्त टेलिसृङ्खला माओको ११९ औं जन्म जयन्ती डिसेम्बर २६, २०१३ देखि प्रसारण हुने आशा गरिएका
छ ।
    सोही अवसरमा चीनले विश्वको सबैभन्दा तीव्रगतिको र लामो रेलमार्ग सञ्चालनमा ल्याएको छ । यो रेलमार्गले चीनको राजधानीले बेइजिङलाई देशको दक्षिणी भागको व्यवसायिक केन्द्र ग्वान्झाओसँग जोड्छ । माओ त्सेतुङ्गको जन्मदिन २६ डिसेम्बरको अवसर पारेर बुधबार बिहान बुलेट टे«न बेइजिङबाट खुलेको हो । सुरुमा ट्रेनको रफ्तार औसत ३ सय किलोमिटर प्रतिघण्टा हुन्छ, जसले यात्रामा लाग्ने समय आधा कम हुने बताइएको छ । यो मार्गको केही भागमा भने पहिल्यै सेवा सुचारु भएको
थियो ।
    करिव २ हजार २ सय ९८ किलोमिटरको यो रेलमार्गमा ३५ स्टेशन छ, जसमा ठूला सहरुहरु वुखान र चांगशा पनि छन् । पहिले यो मार्ग हिँड्न २२ घण्टा लाग्थ्यो भने अब ११ घण्टा पनि नलाग्ने अधिकारीहरुले बताएका छन् । प्रविधिका रुपमा यो विश्वको सबैभन्दा अत्याधुनिक रेलमार्गमा एक हो– एक चिनियाँ अधिकारीले भनेका छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete