Friday, January 4, 2013

मंगल बहुमुखी क्याम्पस जग शिलान्यास

मंगल बहुमुखी क्याम्पस जग शिलान्यास

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    मंगल बहुमुखी क्याम्पसको नयाँ भवन बन्ने भएको छ । भवन निर्माणको लागि जग शिलान्यास पुस १५ गते विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. गणेशमान गुरुङ्गका प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
    त्यसक्रममा प्रमुख अतिथि गुरुङ्गले यस भवन निर्माण सम्पन्न भइसकेपछि कीर्तिपुरको शैक्षिक विकासमा टेवा मिल्ने बताउनुभयो । वहाँले भवन निर्माण उपभोक्ता समिति क्याम्पस प्रशासन र कीर्तिपुरबासीले सहयोग मिल्ने पनि बताउनुभयो ।
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. शिवशरण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि त्रिविका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनले मंगल उच्च मावि र मंगल बहुमुखी क्याम्पस देशको शैक्षिक विकासमा ठूलो योगदान रहेको बताउनुभयो ।
    कार्यक्रममा विद्यालयका प्राचार्य प्रदीप महर्जनले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
    सो भवन निर्माणको लागि विश्वविद्यालय अनुदान आयोगबाट पहिलो चरणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
    सो प्राप्त रकमबाट भवनको जग हाल्ने कार्य सम्पन्न हुने विद्यालयका प्राचार्य प्रदीप महर्जनले सहिदलाई बताउनु भयो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete