Friday, February 8, 2013

मल कारखाना बन्ने

वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)

मल कारखाना बन्ने

    काठमाडौं । जनकल्याण मल्टी प्रोडक्ट लिमिटेड कम्पनीले पाँचखालमा रसायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।
    ‘सम्पूर्ण  नेपालीहरू एक होऔं, नेपालमा नै रसायनिक मल उत्पादन गरौं’ भन्ने नाराका साथ आइतबार यहाँ आयोजित सम्मान कार्यक्रममा कम्पनीका संस्थापक सदस्य गंगालाल श्रेष्ठले नेपालीहरूको सेयर लगानीबाट निकट भविष्यमा कारखाना स्थापना गरी उत्पादन थाल्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।
    उहाँले कम्पनीले ४११ मेगावाट विद्युत उत्पादन गरी १५१ मेगावाट नाइट्रोजन कलेक्सनमा प्रयोग गर्ने र त्यसबाट युरिया मल उत्पादन गर्ने योजना रहेको बताउनुभयो ।
    पहिलो चरणमा रसायनिक मल उत्पादन गर्न आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्ने र पछि स्वदेशबाटै पूरा गर्ने लक्ष्य राखिएको छ ।
    कार्यक्रममा कम्पनीका केमिकल इन्जिनियर सिद्धार्थ श्रेष्ठलाई सम्मानपत्र र नगद रू.पाँचहजार प्रदान गरिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete