वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
नेपाली वैज्ञानिकले पत्ता लगाए उपग्रहबाटै प्रदूषण मापन विधि
काठमाण्डौं । अमेरिकास्थित नासा ( नेसनल एरोनोटिकल एन्ड स्पेस एडमिनिस्ट्रेसन) मा वैज्ञानिकका रुपमा कार्यरत नेपाली नागरिक डा. लोकनाथ लम्सालले पहिलोपटक ‘उपग्रहको माध्यमले पृथ्वीको सतहमा भएको प्रदूषण नाइट्रोजन डायअक्साइड (एनओटू) को मात्रा नाप्ने विधि’ विकास गरेका छन् ।
यो विधि प्रयोग गरेर विश्वमा पहिलोपल्ट उनले बढी वायु प्रदूषण हुने क्षेत्रहरु अमेरिकाको न्युर्योक, युरोपको लन्डन, चीनको बेइजिङ र भारतको मुम्बईको ‘जनसंख्यामा वायु प्रदूषणप्रतिको निर्भरता’ नापेका छन् ।
नासाको वेबसाइटमा राखिएको ‘नासा वैज्ञानिकहरुले सहरी क्षेत्रको जनसंख्या र वायु प्रदूषणबीचको सम्बन्ध देखाए,’ शीर्षकको समाचारमा लेखिएको छ, ‘कसरी एउटा सहरको प्रदूषण त्यहा“को जनसंख्यामा भर पर्छ भत्रे विश्वमा आजसम्म नापिएको थिएन ।’
अमेरिकाको ग्रिनवेल्ट मेरिल्यान्डस्थित नासाको गोडार्ड स्पेस प्mलाइट सेन्टरमा वैज्ञानिकका रुपमा कार्यरत डा. लम्सालले गरेको अनुसन्धानबारे वेबसाइटमा उल्लेख गरिएको कान्तिपुर दैनिकमा खबर छ । यो अध्ययन ‘इनभाइरोमेन्ट, साइन्स एन्ड टेक्नोलोजी’ मा समेत प्रकाशित गरिएको छ ।

No comments:
Post a Comment