Wednesday, October 16, 2013

चन्द्रमाको चट्टान राजधानीमा प्रदर्शन

वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)

चन्द्रमाको चट्टान राजधानीमा प्रदर्शन

    काठमाडौं । चन्द्रमाबाट ल्याइएको मेयर बसाल्ट नामको चट्टान राजधानीमा प्रदर्शन सुरु भएको छ । एभरेष्ट साइन्स सेन्टर सुनसरीले आगामी भदौ १३ गतेदेखि एक महिनासम्म राजधानीको राष्ट्रिय सभागृहमा सो चट्टान प्रदर्शन गर्ने भएको छ । चन्द्रमामा पहिलो पाइला टेकेका अमेरिकी वैज्ञानिक नील आर्मस्ट्रङको जन्म भएको अगष्ट ५ र निधन भएको अगष्ट २५ तारेखको सम्झनामा ‘विज्ञानलाई सजिलोसँग बुझाउँदै’ भन्ने नाराका साथ सो चट्टान प्रदर्शन गरेको हो ।
    प्रदर्शनीमा अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासासँग सम्झौता गरी ल्याएको चट्टानलगायत विभिन्न  सामग्रीका साथै साइन्स सेन्टरले तयार पारेको आकर्षक, रोचक, ज्ञानवदर्धक वैज्ञानिक प्रयोगहरूको प्रदर्शन गरिने छ । शान्ति वनदेखि चन्द्रमासम्म भन्ने नारा दिइएको प्रदर्शनीमा ज्याक स्मिटको नेतृत्वमा गएको अमेरिकी अन्तरिक्ष यान अपोलो १७ (१९७१) ले चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टानको सो टुक्रा १२१ ग्रामको रहेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष डा. दिलिपकुमार अधिकारीले जानकारी दिए ।
    अध्यक्ष अधिकारीले अमेरिका, जापान, बेलायतजस्ता मुलुकहरूको आजको विकासको रहस्य विज्ञान र प्रविधि नै भएको उल्लेख गर्दै नेपालमा प्रथमपटक गरिने यस्तो दुर्लभ प्रदर्शनीले विज्ञानमा रूचि राख्ने विद्यार्थीहरूको लागि महत्वपूर्ण हुने दाबी गरे । बजार व्यवस्थापक तथा प्रवद्र्धक तथा गो होलिडेज प्रालिका अध्यक्ष रामचन्द्र पौडेलले संसारका सामान्य मानिसले सहजै हेर्ने अवसर नपाउने चन्द्रमाको चट्टान अवलोकन गर्न पाउने अवसरलाई नछुटाउन आव्हान गरे ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete