वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
अधिकारी दम्पतीको अनसन तोडाउने प्रयास पुनः असफल
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशको पालनको क्रममा बुधबार नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटासहितको टोलीले आमरण अनसनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनसन तोडाउन गरेको प्रयास असफल भएको थियो ।
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गराई पाउन आमरण अनसनमा बसेका अधिकारी दम्पतीको जीवन रक्षाको माग गर्दै दायर रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतले अनसन तोड्न लगाउन अनुरोध गर्ने, नभए जबरजस्ती कार्य गर्न सकिन्छ तत्काल गर्न आदेश दिएको थियो ।
वीर अस्पतालको आइसीयु कक्षमा उपचाररत अधिकारी दम्पतीलाई भेटी सचिव बास्कोटाले खाना खान र जीवन बचाएर न्यायका लागि संघर्ष गर्न आग्रह गर्नुभयो । तर अधिकारी दम्पतीले त्यसलाई स्वीकार गर्नुभएन । सचिव बास्कोटाले अधिकारी परिवारलाई न्याय दिलाउन र जीवन रक्षा गर्न सरकारको पहल जारी रहने बताउनुभयो ।
अस्पतालका चिकित्सक डा. बुलन्द थापाले बाहिर चर्चामा आएजस्तो अधिकारी दम्पतीको स्वास्थ्यस्थिति गम्भीर नभएको पत्रकारलाई बताउनुभयो । अस्पताल द्वन्द्वपीडितले अधिकारी दम्पतीले न्याय पाउनुपर्ने माग राखी धर्ना दिइरहेका छन् ।
अधिवक्ता दिनेश त्रिपाठी, द्वन्द्वपीडित सावित्री क्षेष्ठलगायतले धर्नाको अगुवाइ गरिरहनुभएको छ ।
अधिकारी दम्पतीले २०७० साल बैशाखमा जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमै भोक हड्ताल गरेपछि स्वास्थ्य खराबभएपछि स्थानीय अस्पतालमा भर्ना गरेको थियो भने बैशाख २६ गते राती ९ बजे गोरखा अस्पतालबाट एम्बुलेन्समा राखी प्रहरीले काठमाडौंस्थित वीर अस्पतालमा विहान १ बजे पुर्याएको थियो ।
गोरखा जिल्ला भुजेल गाविस वडा नं ७ निवासी १९ वर्षे कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २३ गते चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १ बक्कु लहर चोकबाट तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताद्वारा अपहरण गरी जेठ २४ हत्या गरिएको थियो ।

No comments:
Post a Comment