वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)
काठमाडौंमा मतदाता संख्या दस प्रतिशतले कमी
काठमाडौं । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौंमा यसपटकको निर्वाचनमा मतदाताको संख्या घटेको छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौंमा मतदाताको संख्या पाँच लाख ९७ हजार ६३१ रहेको थियो । यो संख्या घटेर आगामी निर्वाचनमा पाँच लाख ४१ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका शम्भुप्रसाद चालिसे बसाईसराई, मृत्यु तथा तस्बीरसहितको मतदाता नामावली सूचीकृत गर्न व्यक्ति स्वयंको उपस्थिति हुनुपर्ने जस्ता कारणले मतदाता संख्या घटेको बताउनुहुन्छ ।
निर्वाचन आयोगले मतदाता सूचीमा आफ्नो नाम सूचीकृत गर्नका लागि अनिवार्य नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्ने, दैनिक मजदुरी गर्ने श्रमजीवी वर्गमा आएको राजनीतिक वितृष्णा र स्वयं उपस्थित भई फोटो खिचाउनुपर्ने कारण मतदाता संख्या घटेको हो ।
अघिल्लो संविधानसभको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा ५७ हजार ६३१ मतदाताको संख्या घटेको छ । काठमाडौंमा ११ निर्वाचन क्षेत्र कायम गरिएको छ । मुलुकको राजधानी भनेर चिनिएको काठमाडौंमा ठूला पार्टीका शीर्ष नेताहरूले उम्मेदवारी घोषणा गरेपछि मुलुकमा निर्वाचनको वातावरणको तापक्रम एक्कासी बढ्न थालेको निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete