Wednesday, October 16, 2013

बर्डफ्लु कार्यदल गठन

वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)

बर्डफ्लु कार्यदल गठन

    काठमाडौं । कृषि विकास मन्त्रालयले बर्डफ्लु रोग नियन्त्रण गर्ने क्रममा नष्ट गरिएका पन्क्षी र पन्क्षीजन्य पदार्थका लागि सरकारी स्तरबाट राहतस्वरुप दिआएको क्षतिपूर्तिबारे पुनरावलोकन गरी सुझाव दिन कार्यदल गठन गरेको छ ।
    पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. दिनेश पराजुलीको संयोजकत्वमा गठित सो कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषद्का विज्ञ डा. उपेन्द्रमान सिंह, मन्त्रालयका कृषि अर्थविज्ञ सुनिलकुमार सिंह, पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. माधव अर्याल र अर्थ मन्त्रालयका उपसचिव सदस्यका रुपमा रहनुभएको छ ।
    मन्त्रालयका प्रवक्ता डा. प्रभावकर पाठकले सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित प्रवक्ता–सञ्चारकर्मी अन्तरक्रियामा सो जानकारी दिँदै कार्यदलको समयावधि एक महिनाको भएको बताउनुभयो ।
    कार्यदलको कार्यक्षेत्रका रुपमा चालु आ.ब.मा बर्डफ्लु रोगबाट कृषक र व्यवसायीलाई परेका प्रभावलाई आँकलन गर्ने, यसो गर्दा प्रभावितको ऋणलगायतका अन्य अवस्थालाई समेत समीक्षा गर्ने, बर्डफ्लुबाट क्षति व्यहोर्नुपरेका कुखुरापालक कृषक र व्यवसायीलाई तत्काल सोही व्यवसायमा फर्किन कृषि विकास मन्त्रालयलगायत अन्य निकायले अवलम्बन गर्नुपर्ने तात्कालिक उपायहरु सुझाउने रहेको छ ।
    प्रवक्त डा. पाठकले बर्डफ्लुका कारण नष्ट गर्नुपर्ने जीवित पन्क्षी, पन्क्षीजन्य उत्पादन र सामग्रीको क्षतिपूर्ति कम भयो भन्ने व्यवसायीको मागलाई सम्बोधन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete