Saturday, August 25, 2012

हर्षरत्न र मण्डला सिरपाः संस्थागत र सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी पुरस्कृत

हर्षरत्न र मण्डला सिरपाः

संस्थागत र सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी पुरस्कृत


वर्ष ९, अंक २० (२०६९ भाद्र १ गते)
     जनसेवा उच्च माविको मल्टिपरपोज हलमा शनिबार प्रवेशिका परीक्षा २०६८ मा कीर्तिपुर क्षेत्रका विभिन्न विद्यालयबाट उत्कृष्ट हुन सफल छात्र तथा छात्राहरुलाई विविध पुरस्कारबाट सम्मानित गरियो ।
अतिथिबाट पुरस्कार ग्रहण गर्दै रोजेन महर्जन

    प्रत्येक वर्षझैं यस वर्षपनि सामुदायिक विद्यालयका सहभागी मध्ये छात्रतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल वैष्णवी माविका छात्र रोजेन महर्जन (८६.५०%) लाई हर्ष पुरस्कार साथै नगद रु.२५००।– र प्रशंसापत्रबाट सम्मानित गरेको थियो । छात्रातर्फ आदिनाथ माविकी रिना कार्की (८६.२०%) लाई हर्ष पुरस्कार साथै नगद रु.२५००।– र प्रशंसापत्रबाट सम्मानित गरेको थियो ।
    त्यसैगरी रत्न पुरस्कार, संस्थागत विद्यालय क्रियटिभ एकेडेमीका छात्र सुविक श्रेष्ठ (९०.१३%), राराहिलका मृनाल भुषाल (९०.१३%) र छात्रातर्फ उज्ज्वल शिशु निकेतन एकेडेमीकी सलिना महर्जन (८६.२०%) लाई संस्थागतबाट उत्कृष्ट हुन सफल भएकोले रत्न पुरस्कार नगद रु. २५००।– र प्रशंसापत्रबाट सम्मानित भएका छन् ।
    मण्डला सिरपाः संस्थागत विद्यालय कीर्तिपुर प्रथम सर्वोत्कृष्ट भएका ब्एँ स्कुलका चेतन वली (९२.२५%) र सामुदायिक विद्यालयबाट कीर्तिपुर प्रथम भई सर्वोत्कृष्ट हुन सफल बैष्णवी माविका रोजेन महर्जनलाई (८६.५०%) मण्डला सिरपाः र प्रशंसापत्रबाट सम्मानित गरेको थियो ।
    हर्ष रत्न र मण्डला पुरस्कार प्रमुख अतिथि पूर्व राज्यमन्त्री दिलीप महर्जनले प्रदान गर्नुभएको थियो ।
    सोही कार्यक्रममा जनसेवा उच्च माविबाट उत्कृष्ट अङ्क प्राप्त गरी उतीर्ण भएका छात्र÷छात्रालाई पनि विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
    जनसेवा उमाविबाट सर्वोत्कृष्ट हुन सफल छात्र शैलेन्द्र कुमार धानुक र छात्रा वर्षा तामाङ्गलाई विरन्चि मोतिमाया पुरस्कार नगद रु.१५००।– र प्रमाणपत्रबाट त्यसैगरी विद्यालयबाट सर्वोत्कृष्ट हुन सफल वर्षा तामाङ्गलाई नगद रु.१२००।– र प्रशंसापत्र डिठ्ठा नरबहादुर न्हुच्छे थकु पुरस्कारबाट सम्मानित भएको थियो ।
    त्यसैगरी गणित विषयमा बढी अङ्क ल्याउनेलाई प्रदान गरी रमेश महर्जन स्मृति पलाः फ्रेण्ड्स एशोसियसनबाट वर्षा तामाङ्गलाई प्रदान गरिएको
थियो ।
    एसएलसी परीक्षामा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल नेपाली शिक्षक खगराज जोशी, स्वास्थ्य, जनसंख्या  तथा वातावरण शिक्षक रामशंकर महर्जन र कार्यालय संचालन तथा लेखा शिक्षक सानुकुमारी भण्डारीलाई पनि प्रशंसापत्रबाट सम्मानित गरेको थियो ।
    त्यस अवसरमा प्रमुख अतिथि महर्जनले शैक्षिक क्षेत्रमा विद्यार्थीको पढ्ने मनोवल बृद्धि गराउन विभिन्न पुरस्कार प्रदानले मद्दत पुग्ने विश्वास गर्नुभयो । वहाँले जनसेवा विद्यालयबाट भौतिक र शैक्षिक विकास सँगसँगै लगेकोमा खुशी व्यक्त गर्नुभयो ।
    उतीर्ण विद्यार्थी सबैलाई बधाई दिँदै भविष्यमा अझ प्रगति गर्न सकोस् भनी कामना गर्नुभयो ।
    विद्यालयका प्राचार्य नन्दकुमारी महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको प्रगतिबारे जानकारी दिनुभयो र विद्यालयको प्रगतिमा साथ दिनुहुने सबैलाई धन्यवाद दिनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष अतिथि प्रा.डा. विद्यानाथ कोइराला, पाँगा माविका विद्यार्थी रोइसा महर्जन लगायतले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment