Saturday, August 25, 2012

ब्वाइज स्र्पोट्स क्लवको व्यवस्थापन जिम्मा कीर्तिपुरबाट

ब्वाइज स्र्पोट्स क्लवको

व्यवस्थापन जिम्मा कीर्तिपुरबाट

वर्ष ९, अंक २१ (२०६९ भाद्र ८ गते शुक्रबार)
     नेपाल फुटबल संघ (एन्फा) संग आवद्ध र नेपालको राष्ट्रिय फुटबल लिग ‘सी’ डिभिजनमा राख्न सफल ब्वाइज स्पोर्टस क्लवको सम्पूर्ण व्यवस्थापन अब कीर्तिपुबाट गरिने भएको छ ।
    कीर्तिपुरको व्यवस्थापनमा आइसकेको अवस्थामा क्लवलाई दीर्घकालसम्म व्यवस्थित संचालन गर्ने उद्देश्यले भाद्र २ गते शनिबार कीर्तिपुरस्थित कृष्ण क्याटरिङ्ग हलमा पाँगा र कीर्तिपुरका विभिन्न खेलाडीहरु र खेलप्रेमी साथीहरुबीच छलफल तथा अन्तरक्रिया कार्य सम्पन्न भयो ।
    क्लवका संयोजक दुर्कमान महर्जनको संयोजकत्वमा भएको सो छलफल कार्यक्रममा प्रा.डा श्यामकृष्ण महर्जनले खेलको विकासको लागि खेलाडीको निरन्तर सहभागिता आवश्यक भएको बताउँदै फुटबल खेलका खेलाडीहरु अझ सक्रिय हुनुपर्ने औंल्याउनुभयो ।
    कार्यक्रममा खेलप्रेमी एवं खेलाडी राजकुमार महर्जन, दयाराम डंगोल, नवीन जोशी, संयोजक दुर्कमान महर्जन उपसंयोजक पूर्णमान महर्जन लगायतले क्वलको दीर्घकालसम्म स्थायित्व दिन आ–आप्mनो क्षेत्रबाट सहयोग हुने व्यक्त गर्नुभयो ।
    यही भाद्र २० गतेदेखि शुरु हुने सहिद स्मारक सी डिभिजन लिग खेलका लागि पनि संयोजक दुर्कमान महर्जनलाई नै संयोजक तोकेको छ ।

No comments:

Post a Comment