Saturday, August 25, 2012

झीगु बचत सहकारीद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

झीगु बचत सहकारीद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

रकम हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष
वर्ष ९, अंक २१ (२०६९ भाद्र ८ गते शुक्रबार)
    झीगु बचत तथा ऋण सहकारी संस्था कीर्तिपुरले अग्निपीडित परिवारलाई रु. ५० हजार ३५७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । भाद्र ५ गते महाराजगंज शिक्षण अस्पताल पुगी आगलागीमा परी उपचार गरिरहेका कृष्णबहादुर महर्जनको स्वास्थस्थिति बुझ्नुको साथै परिवारको लागि सहकारी संस्थाका अध्यक्ष महेशराम महर्जनले छोरी हिरा देवी महर्जनलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।
    साउन १९ गते शुक्रबार विहान गाईजात्राको दिन कीर्तिपुर नपा वडा नं. ३ भरियापुखु टोलमा कृष्ण बहादुर महर्जनको घर भीषण आगलागी भएको थियो । सो आगलागीबाट महर्जनकी धर्म पत्नी हिरामोती महर्जनको भाद्र २० गते अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको थियो । सोही घटनामा सहकारी संस्थाका  संस्थापक सदस्य सुविन्द्र महर्जनका छोरी सुभाना महर्जनको कान्ति बाल अस्पतालमा उपचार भैरहेको छ भने छोरा सुलभ महर्जनको उपचार पछि घर फर्किसकेको झीगु बचत सहकारीले सहिद पत्रिकालाई बताउनुभयो ।
    सो घटनामा परी संस्थामा कार्यरत हिरादेवी महर्जनकी पुजनीय आमाको दुःखद निधन प्रति झीगु बचत तथा ऋण सहकारी संस्था लि.ले गहिरो दुःख व्यक्त गरेको छ साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
    स्मरणीय छ, ‘आपसी मित्रता र सहयोगको लागि सहकारी’ भन्ने मान्यताकासाथ २०६४ माघ १४ गते सो संस्था स्थापना गरी कीर्तिपुरमा कार्यरत छ ।

No comments:

Post a Comment