मच्छेगाउँमा पुरुषोत्तम मास मेला
वर्ष ९, अंक २२ (२०६९ भाद्र १५ गते शुक्रबार)
– सुनिता गुरुङ्ग (प्रशिक्षार्थी)
मलमास अर्थात् पुरुषोत्तम मासको अवसरमा मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरमा ३/३ वर्षको अन्तरमा लाग्ने मेला यस वर्ष पनि भाद्र महिना भरिको लागि लागिरहेको छ। मच्छे नारायणमा रहेको कुण्डको पानी बर्षामा सुक्छ भने हिउँदमा बगिरहन्छ। त्यसैले यहाँको कुण्ड अन्य ठाउँको भन्दा पृथक छ।
मान्छेहरुले यो भाद्र एक महिनासम्म आफूले मात्र पकाएको खाना एक छाक मात्र आएर वर्त लिने गर्छन्। यसरी वर्त लिंदा आफ्नो इच्छा आकांक्षा पुरा हुने भक्तजनहरु तथा वर्तालुहरुको विश्वास रहेको छ।
मच्छेनारायणको मन्दिर आउने भक्तजनहरुलाई स्नान गर्नको लागि भनेर ५ वटा ढुंगे धारामा पानीको व्यवस्था गरिएको छ भने महिला तथा पुरुषहरुको लागि छुट्टा–छुट्टै ५/१० वटा शौचालयको पनि व्यवस्था गरिएको छ जुन पाँच–पाँच मिनेटमा सफा गर्ने भएकोले शौचालय सफा रहेको छ।
मच्छेनारायण मन्दिरमा २ वटा कुण्ड रहेका छन्। जसमध्ये एउटा कुण्ड मन्दिरभित्र रहेको छ। जहाँ माछा पनि भएकोले पानी हरियो छ भने अर्को चाहिँ स्नान गर्ने ठाउँमा भएकोले त्यहाँको पानी फोहोर देखिन्छ। यसका साथै पहिलेको तुलनामा फोहोरको मात्रा पनि बढी भएको भक्तजनहरुको गुनासो रहेको छ। ३/३ वर्षको अन्तरमा लाग्ने यस मेलामा पहिलेको तुलनामा यस वर्ष मेला सुरु भएको पहिलो सातामा नै भक्तजनको भीड तीव्र रुपमा बढेको छ। सायद यो वर्ष कुनै बन्दको कार्यक्रम नभएकोले र बाटो–घाटोको कुनै समस्या नभएकोले भीड लागेको अनुमान गर्न सकिन्छ।
यस मेलाको विशेष आकर्षण भनेको लाखे नाच रहेको छ। जुन हेर्नको लागि बालक देखि बृद्धसम्म सम्पूर्ण मानिस तछाड–मछाड गर्छन्। “मच्छेनारायणको यस मेलालाई स्थानीय बासिन्दाले सक्दो सहयोग गरेको भक्तजनहरुलाई लाभ मिलाउन सहयोग गरेको साथै अशक्त व्यक्तिहरुको लागि छुट्टै व्यवस्था रहेको स्थानीय बासिन्दा शोभा अधिकारीको भनाई रहेको छ।”
यस मेला मार्फत् आन्तरिक तथा बाह्य पर्यटक बढाउने प्रयास भएको, त्यहाँ रहेको फोहोरहरुलाई कर्मचारी लगाई व्यवस्थापन गर्ने गरेको जानकारी त्यहाँका संयोजक ज्ञान बहादुर गोपालीले बताउनुभयो ।

No comments:
Post a Comment