Friday, September 7, 2012

रेडक्रस बक्तृत्व कलामा सविन डाङगी प्रथम

    रेडक्रस बक्तृत्व कलामा सविन डाङगी प्रथम

वर्ष ९, अंक २३ (२०६९ भाद्र २२ गते शुक्रबार)
    नेपाल रेडक्रस सोसाईटी स्थापनाको स्वर्ण जयन्ती (५० बर्ष) को उपलक्ष्यमा वास डिभिजन केन्द्रीय कार्यालयको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा सविन डाङगी प्रथम भएका छन् भने विष्णु कुमारी पौडल द्वितीय भएका छन् । खानेपानी, सरसफाई र स्वच्छ अभियानमा युवा विद्यार्थीको भूमिका शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा विजेतालई नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सभापति प्रमुख अतिथि मुकुन्द वहादुर प्रधानले पुरस्कार वितरण गर्न भएको थियो ।
    त्यस क्रममा वहाँले नेपाल रेडक्रस स्थापनाको ५० औं बर्षमा आपतविपतमा परेका प्राकृतिक प्रकोप परेकालाई निस्वार्थ ढंगले निरन्तर सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
    कीर्तिपुर उपशाखाका सभापति हर्षमान महर्जनको सभापत्विमा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सामुदायिक विकास विभागका निर्देशक पुष्पराज पौडेल, काठमाडौं जिल्ला शाखा मन्त्री, कीर्तिपुर नपाका सानुवाबु परियार, महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रहरी नीरिक्षक ज्ञानकुमार महत्तो लगायतले वोल्नुभएको थियो । सो प्रतियोगिताको संयोजक कविन्द्र कार्कीले संयोजन गर्नुभएको थियो ।

No comments:

Post a Comment