पचपन्न झ्याले दरवारमा चित्र हेर्नेको भीड
वर्ष ९, अंक २३ (२०६९ भाद्र २२ गते शुक्रबार)
काठमाडौं । विश्व प्रसिद ५५ झ्याल दरवार खुलेको दोस्रो मंगलबार दरवार अवलोकन गर्नेको भीड झन बढेको छ । भक्तपुर नपाले दरवार क्षेत्रस्थित विश्व प्रसिद्ध ५५ झ्याले दरवार भदौ १२ गते मंगलबारबाट खोलेको थियो ।
बिहान ११ बजेदेखि दिनको चार बजेसम्म सर्वसाधारण र पर्यटकको लागि खुला गरिएको दरवारमा मंगलबार ३५ सयको हाराहारीमा पर्यटक, सर्वसाधारण र विद्यार्थीले अवलोकन गरेका छन् । प्रचारप्रसारका कारण अवलोकन गर्ने निकै बढेको हो । मंगलबार अवलोकनको निम्ति आउने फोटो पत्रकार पर्यटन व्यवसायीसमेत थिए ।
गत हप्ता दुई हजारको हाराहारीमा अवलोकन भएकोमा दोस्रो दिन लगभग ३५ सयले अवलोकन गरेको नपा स्रोतले जनायो । नपाका अनुसार मंगलबार १७७१ विद्यार्थी, सर्वसाधारण ११३१, पर्यटक ३२ जनाले अवलोकन गरेका थिए ।
अवलोकन गर्ने दिउँसो १२ बजेतिर निक्कै भीड बढेको र ३ बजेपछि पातलिंदै गएको थियो । स्थानीय सर्वसाधारणको सहभागिता बढी पाइएपनि विभिन्न जिल्लाबाट आउनेको संख्या पनि बढी नै थियो । सुनसरी इटहरी नगरपालिका हडगडाका चन्द्र खतिवडाले आफू पचपन्न झ्याल दरवार खुलेको थाहा पाएर फोटो खिच्नसमेत आएको बताउनुभयो ।
कीर्तिपुरका रत्नबहादुर मानन्धरले भित्तामा कोरिएको चित्रले निकै भावुक बनाएको बताउनुभयो । उहाँले एक घण्टा लगाएर फोटो मात्र खिच्नुभएन, एकएक गरी भित्तामा कोरिएको चित्रको समेत अवलोकन गर्नुभएको थियो ।

No comments:
Post a Comment