सहिद स्मारक ‘सी’ डिभिजन लिग चालू
वर्ष ९, अंक २३ (२०६९ भाद्र २२ गते शुक्रबार)
![]() |
ब्वाइज स्पोर्टस् क्लव कीर्तिपुरका खेलाडीहरुलाई शुभकामना दिँदै |
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा सहिद स्मारक ‘सी’ डिभिजन लिग बुधबारबाट सुरु भयो ।
लिग अन्तर्गत उद्घाटन खेल खेल्ने ब्वाइज स्पोर्टस् क्लव कीर्तिपुरका खेलाडीहरुलाई ब्वाइज स्पोर्टस् क्लव कीर्तिपुरको आयोजनामा एक समारोह बीच टीका, खादा ओढाई सगुन सहित ज्येष्ठ नागरिक क्लव पाँगाका अध्यक्ष इन्द्रमान महर्जन लगायत क्लवका संयोजक दुर्कमान महर्जन र सह–संयोजक पूर्णमान महर्जनले सुभेक्षा एवं हौसला दिनुभएको थियो ।
‘सी’ डिभिजनका १३ वटा क्लवको सहभागिता रहेको सो प्रतियोगिताको खुमलटार युवा क्लव र ब्वाइज स्पोर्टस् क्लव कीर्तिपुरबीचको पहिलो खेलमा खुमलटारले ब्वाइज स्पोर्टस् कीर्तिपुरलाई २–० ले पराजित गरेको थियो । त्यसै गरी कलंकी नवज्योति क्लवले टोखा भगवतीलाई ३–० ले पराजित गरी विजय सुरुवात गरेका छन् ।
खुमलटारबाट ३० औं र ३७ औं मिनेटमा विनोज राई र अनुप विष्टले गोल गरेका थिए भने नवज्योतिका सुनिलले १२ औं र ६१ औं मिनेटमा र सुनित बस्नेतले ३५ औ मिनेटमा गोल गरेका थिए ।
हिजो बिहीबार भएको खेलमा ब्वाइज युनाइटेड क्लवले चारुमतीलाई ४–१, दोस्रो गेममा नयाँबस्ती सक्षम क्लवले सानेपाबीच भएको खेलमा १–१ र सानो गौचरण र सोसिएलबीच २–१ भई भएको थियो ।
आज शुक्रबार ब्वाइज स्पोर्टस् क्वल कीर्तिपुरले ज्ञानभैरव युवा क्लवसँग विहान १० बजे प्रतिस्पर्धा गर्ने भएको छ ।
यस प्रतियोगिताबाट विजयी क्लवले ‘बी’ डिभिजनमा प्रवेश गर्ने छ भने विजेता र उपविजेताले २ लाख र १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

No comments:
Post a Comment