प्रथम एसडब्ल्यूसीसी टेनिसबल शनिबारबाट शुरु
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
साउथ वेष्ट क्रिकेट क्लवको आयोजनामा प्रथम उपत्यकाब्यापी SWCC टेनिस बल प्रतियोगिता २०६९ भोलि ३० गते शनिवारबाट लेवोरेटरी उच्च मावि कीर्तिपुरको क्रिकेट मैदानमा हुने भएको छ । उपत्यकाका ३४ वटा टीम सहभागी रहेको यस प्रतियोगिताका उद्घाटन खेल आयोजक SWCC र ICHM बीच हुने भएको छ ।
१६ ओभरमा निर्णायक खेलहुने सो प्रतियागिताको खेल तालिका भाद्र २८ गते सार्वैजनिक गरेको छ । क्लवका उपाध्यक्ष लाक्पा शेर्पा, सचिव नवीन महर्जन, कोषाध्यक्ष श्याम खड्का, अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर, क्यानका प्रतिनिधि एवं क्लवका सदस्य विनयकुमार झा, क्वलका सदस्य रविन जोशी लगायतले विभिन्न सहभागी टिमको प्रतिनिधिहरुको उपस्थितिमा टाइसिट ड्र गरेको क्लवका सचिव नवीन महर्जनले सहिदलाई बताउनुभयो ।
त्यस अवसरमा क्लवका कोषाध्यक्ष श्याम खडकाले SWCC को परिचय, उपाध्यक्ष लाक्पा शेर्पाले क्लवको भावी कार्यक्रमवारे, विनयकुमार झाले खेलको नीति निमयवारे वोल्नुभएको थियो । कार्यक्रम सचिव नवीन महर्जनले संचानलन गर्नु भएको थियो ।
स्मरण रहोस्, काठमाडौंको दक्षिणपश्चिम क्षेत्रमा क्रिकेटको विकास गर्न प्रा.डा. रामकृष्ण महर्जनको अध्यक्षतमा २०६६ साउथ वेष्ठ क्रिकेट क्लवको गठन भएको हो ।

No comments:
Post a Comment