सुन्दरीघाट पुलबारे सुलक्षण विहारको ध्यानाकर्षण
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
काठमाडौं र ललितपुर जोड्ने चोभार सुन्दरीघाटको पुल बनेपछि ललितपुर जाने सुगम बाटो हुनेमा शंका छैन । नयाँ बन्ने पुल सुलक्षण बिहारको भोगाधिकारमा रहेको जग्गामा बन्ने भएकाले सुलक्षण विहारले अतिक्रमण गरी बनाउन थाल्यो भन्दै २०६९ असार ३० गते सहरी विकास तथा भौतिक योजना मन्त्रालयमा ध्यानकर्षण पत्र पेश गरेको छ ।
सो पत्रमा सुन्दरीघाटको सो पुल कसैको प्रयोगमा नभएकोले झोलुङ्गे पुलको उत्तरपत्तिको जग्गामा बनाउन आग्रह समेत गरेको छ ।
स्मरणीय छ, सुलक्षण कीर्तिपुर विहारलाई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. १७ को सिट नं.१०२—१२२३—०१ को कित्ता नं. ९ को क्षेत्रफल ७१०४.०० वर्ग मीटर र ऐ.ऐ. सिट नं.१०२—१२२३—०६ को कित्ता नं. ११ को क्षेत्रफल ४८४७.१० वर्ग मीटर भएको सुलक्षण कीर्तिविहार सुन्दरीघाट चोभारको उत्तर, बल्खु दक्षिणकाली मूल सडकको पूर्व, बागमती नदीको पश्चिम, खानेपानी संस्थान सुन्दरीघाटको दक्षिण तर्पmको जग्गा ३० वर्षको लागि श्री सुलक्षण कीर्तिविहार, सुन्दरीघाट, चोभारलाई भोगाधिकार प्रदान गर्ने गरी भएको नेपाल सरकारको मिति २०६४।९।९ को मन्त्रिपरिषद् स्तरीय निर्णयको आधारमा नेपाल सरकार, भूमिसुधार तथा व्यवस्थापन विभागको जग्गा प्रशासन शाखा ज.टि.४९ च.नं. ६०७ मिति २०६६।५।१२ को पत्र बमोजिम यस विहारले तिरो तिरान गरी भोगचलन गरिआएको छ ।
No comments:
Post a Comment