ज्ञानमालाः आचरण सुधारका लागि
— पूर्णमान महर्जन, कीर्तिपुर
वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
आजभन्दा २६३६ वर्ष अधि इशापूर्व ६२३ मा नेपालको लुम्बिनीमा जन्मनु भएका सिद्धार्थ गौतमको बुद्धत्व/बोधिज्ञान प्राप्ति पछिको ज्ञान, शिक्षा र उपदेश आजको २१ औं शताब्दीमा पनि निकै सान्दर्भिक, समयसापेक्ष र मननयोग्य छ । उहाँले पत्तालगाउनु भएको ज्ञानलाई “आऊ र आएर आफैले प्रत्यक्ष अनुभावगरी हेर (एहिपस्सिको)” भनी दुनियाँको लागि अगाडि राख्नुभयो । बुद्ध भएपछिको ४५ वर्ष या महापरिनिर्वाण नभएसम्म उहाँ आफैले प्राप्त गर्नुभएको ज्ञानलाई बहुजन हिताय बहुजन सुखायको लाग प्रचारप्रसार गर्नुभयो । उहाँको व्यवहारिक र वैज्ञानिक शिक्षाबाट प्रभावित भएर आधुनिक विज्ञानका महात्तम हस्ती अल्वर्ट आइन्स्टाइनले “आजको युगमा विज्ञानसँग नजिकको कुनै धर्म छ भने त्यो बुद्ध धर्म हुन सक्छ” भनी उल्लेख गरेको पाइन्छ ।
बुद्धका उपदेशहरु बुझी प्राप्त भावना र दृष्टिकोणलाई ज्ञानको रुपमा संगितमय तरिकाद्वारा जनमानसमा पुर्याउने कार्य आजभन्दा करिव ७५ वर्ष अधि बुद्धअनुयायीहरुले आरम्भ गरेका थिए । वि.सं. १९९४ मा भजनप्रेमीहरुको प्रयासमा काठमाडौंका स्वयम्भू महाचैत्यमा १८ वटा भजन संग्रह गरी पुस्तिका प्रकाशन कार्यलाई ज्ञानमालाको शुभारम्भ भएको यस पुस्तिकालाई दोस्रो संस्करण पछि ‘ज्ञानमाला’ नामाकरण गरियो । त्यसबेलाको राजाकालमा बुद्धको शिक्षालाई प्रचारप्रसार गर्न बन्देज थियो । यस कुराको चिन्तन मननगरी बुद्धको वैज्ञानिक शिक्षा, ज्ञान र उपदेशलाई अप्रत्यक्ष रुपले जनमानसमा पुर्याउन भजनमाला/ज्ञानमालाको उदय भएको देखिन्छ । यसरी प्रारम्भ भएका ज्ञानमालालाई त्यसबेला सरकारले धेरै अवरोधहरु सृजना गरे र क्रुर दमन भए । फलस्वरुप ज्ञानमालाको विकास आशातित रुपमा भएन । तर आज नेपालको ठाउँ–ठाउँ विहार–विहारमा ज्ञानमाला भजन निरन्तर गुन्जिरहेका छन् ।
ज्ञानमाला तथागतको शिक्षालाई संगितको साथ जनमानसमा पुर्याउने माध्यम हो । त्यसैले ज्ञानमाला बुद्धको शिक्षारुपी माला हो, ज्ञानरुपी माला हो र उपदेशरुपी माला हो । ज्ञानमाला अनित्य, दुःख र अनात्मको सार संक्षेप स्वरुप बुद्धपदेशलाई पछ्याएर गाउने भजन हो । विकृत संस्कारलाई बदलेर शील आचरणलाई जीवनमा ढाल्ने माध्यम हो । स्वच्छ जीवनको मार्ग विराइरहेकालाई सहीमार्गमा ल्याउन सुनाउने भजन हो । सत्य, अहिंसा र सदाचारको सन्देश हो ।
बुद्धको शरणमा जान्छु, धर्मको शरणमा जान्छु र संघको शरणमा जान्छु भन्दैमा कुनै व्यक्ति बौद्धमार्गी हुँदैन । जबसम्म बुद्धको शिक्षालाई आफ्नो जीवनमा प्रयोग गर्दैन, दैनिक जीवनमा अनुकरण हुँदैन, तबसम्म उसलाई बौद्धमार्गी भन्न मिल्दैन । ज्ञानमाला भजनको उद्देश्य भन्नु नै बौद्धआचरणको विकास गर्नु हो । ज्ञानमाला अन्तरनिहित भगवान बुद्धको उपदेशलाई मध्यनजर राखेर व्यक्तिले आफ्नो आचरणमा सुधार गरेन, मिथ्यादृष्टि एवं नकारात्मक कुरालाई त्याग्न सकेन भने ज्ञानमालाप्रति रहेको निष्ठा भन्न मिल्दैन । त्यसैले गाउनु र सुन्नुमात्र ज्ञानमाला होइन । ज्ञानमालाले व्यक्त गर्न खोजेको भाव/सन्देश बुझ्ने प्रयास भएन भने त्यो ज्ञानलाई व्यवहारमा कसरी लागु गर्ला ? आज कहिंकहिं ज्ञानमाला गाउने र सुन्नेहरुमा यो अवस्था विद्यमान छ । तृष्ण र आशक्तिबाट अलग भएर जन्ममरणको दुःखबाट छुटकारा/निर्वाण प्राप्त गर्नु बुद्धधर्मको मूल उद्देश्य हो । तर ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने झैं ज्ञानको सही मार्गलाई अंगालेर आचरणमा सुधार गर्नुपर्नेमा ज्ञानमालालाई तृष्णारुपीमालाको रुपमा अंगिकार भएको पाइन्छ । त्यसैले तृष्णा बारम्बार दुःखमय जन्ममरणको भवचक्रमा फसाउने बल्छी हो, तृष्णा झ्यालखाना हो र हामी तृष्णाका दासदासी हौं भन्ने कुरा मनन गरेर बुद्धको शिक्षालाई व्यवहारिक रुपमा अनुसरण गर्नुपर्दछ भन्ने कुरा बताइरहनु आवश्यक नहोला ।
शील बुद्धधर्मको प्राथमिक आधार हो । माथि चढ्ने भ¥याङ्ग हो । भिक्षु नागसेनको अनुसार “धर्ती जस्तो शील मानिसहरुको आधार हो, कल्याण र समृद्धिको मूल जरो हो, सबै बुद्धहरुको मुख हो । मोक्ष (जुक्ति) का लागि उत्तम मार्ग हो”। त्यसैले ‘सीलेन निब्बुतिं यन्ति’ शीलले निर्वाणमा पुर्याउदछ । ज्ञानमालाले आफै शीलमा रहेर अरुलाई पनि शीलमा रहन प्रेरित गर्दछ । परम्परागत विकृत संस्कारलाई बदलेर शील आचरणद्वारा मानवतामा ढाल्ने करुणाजनक माध्यम ज्ञानमाला हो । आजकल ज्ञानमाला आचरणको सुधारको लागि भन्दापनि देखौवाको रुपमा अगाडि बढिरहेको देखिन्छ । त्यसैले वास्तविक रुपमा ज्ञानमाला के हो र ज्ञानमाला के को लागि हो ? भन्ने कुरामा ज्ञानमालामा सहभागी हुने उपासक उपासिका एवं बौद्धहरुको सम्यक दृष्टि पुग्नु आजको आवश्यकता हो ।

No comments:
Post a Comment