Friday, September 14, 2012

थःकतः कतः थः च्यारिटी शो हुने

    थःकतः कतः थः च्यारिटी शो हुने

 वर्ष ९ अंक २४ (२०६९ भाद्र २९ गते शुक्रबार)
     नेपाल भाषाको फिल्म ‘थःकतः कतः थः’ को पहिलो च्यारिटी शो राष्ट्रिय नाचघर जमलमा भोलि शनिबार हुने भएको छ ।
    जितेन्द्र राजोपाध्यायको निर्देशन/सम्पादनमा विनोद ताम्राकारद्वारा निर्मित सो फिल्मको च्यारिटी शो प्रकाश सायमीको प्रमुख आतिथ्यमा, पवन जोशी र विजयरत्न अशंवरेको आतिथ्यमा हुनेभएको छ ।
    पीके श्रेष्ठको कथा/पटकथा/ सम्वादमा तयार भएको सो फिल्ममा मुख्य कलाकारहरु सविन शाक्य, सविना डंगोल, सुरेन्द्र केसी, अन्नपुर्णेश्वरी श्रेष्ठ, रुपेन श्रेष्ठ, सुशिला राजोपाध्याय, सृजना महर्जन, सचि राजोपाध्याय, आदिले प्रमुख भूमिका निभाएका छन् ।
    सो फिल्ममा  आफू अरुको र अरुको  आफ्नो कसरी भयो ? भन्ने समाजमा भएको घटनालाई उजागर गरेको छ ।
    सामाजिक कहानीमा आधारित सो फिल्मको संगित विजय कायस्थ र विजेन श्रेष्ठको रहेको छ भने गीतकार पीके श्रेष्ठ, अनिश शाक्य र गायक गायिकामा सुविन श्रेष्ठ, स्वस्ती महर्जन, निशा देशार, विजय कायस्थको स्वर रहेको छ ।
    राष्ट्रिय नाचघरमा भोलि शनिवार विहान ८ बजे प्रथम सो हुने उक्त फिल्म २०६७ आश्विन १६ गते भद्रकाली मन्दिरमा शुभ मूहर्त भएको थियो ।

No comments:

Post a Comment