कीर्तिपुर व्याडमिन्टन कपको फाइनल २७ गते
अन्तिम आठको खेल आजबाट सुरु
वर्ष ९, अंक ३१ (२०६९ कार्तिक २४ गते शुक्रबार)
हिलटाउन भू्पू विद्यार्थी संघ (हिसा) को आयोजनामा भएको दोस्रो कीर्तिपुर नगरस्तरीय व्याडमिन्टन कप प्रतियोगिता २०६९ जारी छ ।
कार्तिक २७ गते फाइनल तथा समापन समारोह हुने सो प्रतियोगिताको अन्तिम आठ (क्वाटर फाइनल) खेल आजबाट सुरु हुँदैछ ।
खुला सिंगलबाट राजु महर्जन र कवि कपाली, बुद्धराम महर्जन र रमेश श्रेष्ठ, सरोज मालाकार र लक्ष्मीभक्त र शंकर र खड्गमुनि बज्राचार्य अन्तिम आठमा पुगेका छ्न । त्यसैगरी खुल्ला डवलबाट राजु/सरोज र कवि/सुदन, अजय/विरेन्द्र र दिनेश/रमेश, खड्गमुनि/चन्दन र लक्ष्मीभक्त/मिमकुमार र नवीन/मानचन्द्र र शंकर/बुद्धराम अन्तिम आठमा पुगेका छन् ।
दुवै इभेन्टको सेमिफाइनल खेल कार्तिक २६ गते हुनेछ ।
खेल हिलटाउन उच्च माविको कोर्टमा भैरहेको छ ।

No comments:
Post a Comment